शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ताजा समाचार
भोजपुरी नायिका अक्षरा सिंह आज लहान आउदै || मुस्लिम समुदायद्वारा कारवाहीको माग || लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव शुरु || उत्कृष्ट विधार्थी तथा शिक्षक पुरस्कृत || सिरहाको महेशवारीमा ३ दिने योग शिबिर सुरु || लहान ८ का क्रिकेट खिलाडीहरु सम्मानित || लहान मेट्रो हेल्थकेयर सेन्टर र लहान डेन्टल क्लिनिक संचालनमा || लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु || मुस्लिम समुदाय आज ‘शब–ए–बारात’ पर्व मनाउँदै || लहान एभरेष्ट कलेजको २४औ वार्षिकउत्सव सम्पन्न || मोतियाबिन्दु अप्रेसनको व्यवस्थापकीय भूमिकामा सम्पैत यादव || पत्रकारहरुलाई पत्रकारिताको आचार संहिता पालना गर्न सुझाव || डा.सीके राउतलाई कतारमा भव्य स्वागत || स्कुल अफ स्कलर्सको अतिरिक्त क्रियाकलाप प्रदर्शनी सम्पन्न || लहानको आँखा अस्पताल ४१ वर्षमा प्रवेश || प्रथम सुरुङ्गा मेयर गोल्डकपको उपाधि महोतरीलाई || जे एस क्याम्पसकाे सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न || लहानमा पनि मनाइयो विश्‍व क्यान्सर दिवस || लहानबाट लागूऔषध सहित तिन पक्राउ || प्रथम सुरुङ्गा मेयर गोल्डकपको उद्घाटन खेलमा महोतरी विजय || वडा स्तरीय क्रिकेट प्रतियोगिताको रोमांचक फाइनल खेलमा कुटाकुट || चैत्र २९ गतेदेखि लहान एक्स्पो हुने || राम मन्दिरको प्राण प्रतिष्ठामा सावा लाख दियो बालिने,लहानमा पनि उत्सव || नेपाल रेडक्रस सोसाइटीको सभापतिमा पुनः महतो सर्वसहमत चयन || बैंक, वित्तीय संस्था कर्जा पीडित संघर्ष समिति आन्दोलित || मारवाडी युवाहरु द्वारा १४८ वटा कृत्रिम हात खुट्टा वितरण || लहान सिटि जेसिजको अध्यक्षमा शिक्षाकर्मी यादव निर्वाचित || नेपाल निर्माण व्यवसायी संघको निर्वाचनमा अन्जय राउत प्यानल विजय || २१ औ इन्टर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि बेबी एन्जलले जित्यो || लहानमा इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता शुरु || लहान सिटि जेसिज द्वारा सेनेटरी प्याड तथा साबुन वितरण कार्यक्रम || लहान सिटि जेसिजको जेसिज सप्ताह कार्यक्रममा कापी कलम वितरण || लायन्स क्लबको क्याबिनेट बैठक लहानमा सम्पन्न || मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिबद्धता व्यक्त || सिरहाको लहानमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न || सिरहाको लहानबाट हतियार सहित ३ जना पक्राउ || उत्कृष्ट नतिजा ल्याउन सफल ३० जना विद्यार्थीहरु सम्मानित || लागूऔषध सहित एक जना पक्राउ || अवैध कपडा लोड गरिएको पिकअप सहित एक जना नियन्त्रणमा || मधेश अध्ययन यात्रामा निस्किए मधेशका चार युवा ||

मधेशी मोर्चाको आलोचना भनेको मधेशी जनताको आलोचना होइन : शंकर पोखरेल, नेता, नेकपा एमाले


०, ०

० केही समय पहिले मधेशीहरूलाई लक्षित गर्दै समाजिक संजालमा तपाईले विवादित धारणा दिनुभयो ? यसको व्यापक विरोध पनि भयो नि ? किन होला ? 
— त्यतिबेला मधेशमा कालो दिवश मनाउने भन्ने सन्दर्भ चलिरहेको थियो । युरोपेलि परम्पराअनुसार सेताहरू विशिष्ट हुन् र कालाहरू हेय हुन् भन्ने मान्यताका आधारमा त्यो परम्पराको सुरूवात भएको हो । मधेशी मोर्चा जसले मधेशी जनताको हितको कुरा गर्छ, मधेशमा बहुसंख्यक जनता कालो वर्णका छन्, कालो दिवस किन मनाउने यो जनता माथिको अपमान होइन भन्ने अर्थमा ट्वीट लेखेको थिए । तर, त्यसलाई गलत तरिकाबाट चित्रण गरियो । कालो र गोरोको रूपमा विभाजन ल्याउन खोज्यो भनेर हेरियो मेरो मनसाय त्यस्तो थिएन । कालोलाई विरोधको प्रतिक बनाउने कुरा चाँहि गोराहरूको मानसिकताको परिणाम हो ।


० मधेश आन्दोलन र कालो दिवससँग मधेशीको रंग र रूप कहाँबाट जोडियो ? 
— स्वभाविक रूपमा जोडिन्छ । दक्षिण अफ्रिकामा रोर्बट मुकावेले भन्नुभएको छ कालाहरूलाई हेपाईको दृष्टिकोणले हेरेर प्रयोग गर्ने शब्दहरू जबसम्म अन्त्य गरिदैंन तबसम्म जातिय विभेद अन्त्य हुँदैन ।


० त्यसो भए कालो भन्ने शब्द नै हटाऊँ भन्न खोज्नुभएको हो त ? 
— कालोलाई नकारात्मक रूपमा लिने कुरा युरोपेली मानसिकताको उपज हो । ब्रिटिश उपनिवेशिक मानसिकताको उपज हो त्यस्ता कुराहरू हामीले किन प्रयोग गर्ने भन्ने कुराको बहस गर्न खोजेको हुँ ।


० कालो दिवस मनाउनु हुँदैन, कालो झण्डा बोक्नु नै हुँदैन भन्न खोज्नुभएको हो ? 
— हुँदैन । त्यो कालो रंगप्रतिको अपमान हो ।


० तर, तपाई कै पार्टीका विभिन्न सन्दर्भमा कालो झण्डा बोकेको देखिन्छ ? 
— त्यो गलत हो सच्याउनु पर्छ ।


० तर, तपाईले नेपालमा बसेर यस्तो अभिव्यक्ति लिदईरहँदा त नश्लीय आधारमा दिएको अभिव्यक्ति भनेर आरोप लगाइयो नि ? 
— आरोप त जे पनि लगाउन पाईन्छ तर यथार्थमा मेरो प्रस्तुती नश्लवादको विरूद्धमा थियो । वास्तवमा कालो रंगमाथि अपमान गर्नुहुँदैन राजनीतिमा यस्ता बिम्बको प्रयोग नगरौं मात्र भनेको हुँ ।


० मधेशीहरू काला वर्णका छन् ? त्यहाँ त नश्लीय चिन्तन देखियो नि ? 
— अधिकांश भन्ने अर्थको प्रयोग भएको छ । कालो वर्ण भन्ने बित्तिकै त्यो नश्लीय हुन्छ । जब नकारात्मक ढंगले टिप्पणी गरिन्छ त्यहाँ विभेद हुन्छ  । रंग त कसैको कालो, कसैको गोरो हुन्छ त्यसको चर्चा गर्ने बित्तिकै नश्लीय हुन्छ र, हुँदैन नि । त्यतिबेला नश्लीय हुन्छ जतिबेला कालोको रूपमा विरोध हुन थाल्छ ।


० अहिलेसम्म तपाईलाई यस्तो धारणा राखेर मैले गल्ती गरे भन्ने महसुस भएको छैन ? 
— यो सही विचार हो । तर, यसलाई बुझाउन नसक्नु मेरो कमजोरी हो । मैले जे कुराको सन्देश दिन खोजेको थिए त्यसमा बुझाउन समस्या भयो र मान्छेहरूले गलत अर्थ लगाईदिए त्यही भएर मैले त्यो स्टाटस हटाईदिए ।


० एमालेका अन्य नेताहरूले दिएको अभिव्यक्तिमा पनि विभिन्न टिकाटिप्पणी हुन्छ तर उहाँहरूले पछि स्पष्टिकरण दिँदा बुझाई गलत भयो मैले यस्तो भन्न खोजेको होइन भन्नुहुन्छ ? भनाई र बुझाई कसरी फरक पर्दो रहेछ ? 
— मधेशी मोर्चाको आलोचना गर्नु भनेको मधेशी जनताको आलोचना गर्नु होईन । मैले मधेशी मोर्चाको पक्षमा उभिएर कालो दिवस मनाउनु हुँदैन भनेको हुँ तर त्यो विचारलाई बुझाउन नसक्नु मेरो कमजोर पक्ष हो । मधेशी मोर्चाका मित्रहरूले गलत ढंगबाट व्याख्या गरिदिनुभयो त्यसपछि भ्रम सिर्जना भयो । जुन विषयले भ्रम सिर्जना गर्छ त्यसलाई राखिराख्न ठिक लागेन त्यसैले मैले हटाईदिए । मेरो मधेशी जनताप्रति सम्मान भाव छ र म सधैं मधेशी जनतालाई सम्मान गर्छु ।


० अहिले आएको संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघाती भन्दै हुनुहुन्छ नि ? 
— त्यसप्रति दृष्टिकोणमा बहस हुँदैन र । हामीले संविधान बनाउँदा प्रदेशको सीमांकन हेरफेर गर्नको लागि प्रदेश सभाको अनुमति चाहिने सन्दर्भ संविधानमा राख्यौं अहिले प्रदेशसभा छैन प्रदेशसभा नभइ सीमांकनमा हेरफेर गर्न मिल्दैन भन्ने तर्क हाम्रो हो । यो विषय सर्वोच्च अदालतमा गयो सर्वोच्चले पनि यो कुरालाई ख्याल गर भनेकै छ यस अर्थमा सर्वोच्चले भनेको कुराबाट हाम्रो मान्यता पुष्टि भइसकेको छ ।


० सर्वोच्चले त संविधान संशोधनको विषयमा हामी बोल्न मिल्दैन भनेको हो ? 
— मिल्दैन तर संविधान संशोधन गर्दा संविधानको धाराहरूलाई हेक्का राख त भनेकै छ नि ।


० तपाईहरू यो संशोधन प्रस्तावलाई राष्ट्रघाती किन भन्नुहुन्छ ? 
— यो संशोधनले राष्ट्रको हित कसरी हुन्छ राजनीतिक विश्लेषण गरौं न । मधेशी मोर्चाले गरेको सबै माग राष्ट्रको हितमा हुने अनि एमालेले गरेको चाँहि राष्ट्रघाती हुने भन्ने विचार कसरी मान्न सकिन्छ । स्वभाविक रूपमा जे कुराले यो मुलुकको हित हुँदैन भन्ने हामीलाई लागेको छ त्यो कुरालाई रोक्ने कोशिस हामी सधैं गछौं ।


० चारवटा विषयमा संशोधन प्रस्ताव दर्ता भएको छ त्यो चाँहि राष्ट्रघाती छन् कि छैनन् त्यो त जनताले छिनोफानो गर्ने हो नि ? 
— त्यही भएर त जनताको विचमा जाउँ, चुनावमा जाऊँ भनिरहेका छौं नि । अहिलेको अवस्थामा संविधान संशोधन गर्ने कुरा संविधान अनुसार नै मिल्दैन ।


० केके कुराले मुलुकलाई हित हुँदैन भन्ने कुराको छिनोफानो गर्ने अधिकार एमालेलाई कसले दियो ? 
— एमाले एउटा स्वतन्त्र निर्णय गर्ने शक्ति हो । आफ्नो धारणा स्पष्ट बनाउँछ । मधेशी मोर्चाले जे भन्छ त्यो ठिक हो भन्ने हो भने छुट्टै पार्टी किन खोल्नुप¥यो मधेशी मोर्चामा एकताबद्ध भए भईहाल्यो नि ।


० मधेशमा दुई प्रदेश हुँदा के हुन्छ ? 
— केही हुँदैन । मधेशमा दुई प्रदेश मात्र होइन धेरै प्रदेश छ त । मधेशको जनताको माग अनुसार अगाडि बढ्ने हो, मधेशी मोर्चाको माग अनुसार अगाडि बढ्न सकिदैन । नेपाली समाजमा भिन्न भिन्न विचार बोकेका व्यक्तिहरू छन्, सबैलाई सम्मान गर्न सक्नुपर्छ ।


० तपाईले पनि राजनीतिको सुरूवात त मधेशबाट नै गर्नुभयो होईन र ? 
— मेरो पुर्खा एकीकरणको समयमा बहादुर शाहसँगको फौजसँग लडाँई लडेको पुस्ता हो । मेरो जन्म दाङमा भएको हो । म मधेशी जनताको भावना बुझ्छु । एक÷दुई व्यक्तिले केके माग गर्छन् त्यो सबै माग पुरा गर्न सम्भव नहोला । सबैभन्दा धेरै थारू समुदायको प्रतिनिधित्व गर्ने पार्टी नेकपा एमाले नै हो । अनि एमालेले मधेशी थारू, मुस्लिमको प्रतिनिधित्व गर्दैन भन्ने पनि हुन्छ ।


० एमालेलाई मधेश विरोधी पार्टी भन्ने गरिएको छ नि ? 
— यो पूर्ण गलत कुरा हो । मधेशका बहुसंख्यक जनताको हितको प्रतिनिधित्व गर्ने पार्टी एमाले हो । केपी ओली प्रधानमन्त्री भएको समयमा मधेशका नगरहरूको सुमृद्धिका लागि प्रत्येक सदरमुकामका लागि ५०÷५० करोड रूपैयाँ छुट्याएर मधेशको विकासमा ध्यान दिएको छ । एमालेको सरकारले मधेशलाई धेरै विषयमा अगाडि ल्याउन पहल गरिरहेकै छ ।


० एमालेको सरकारले यो वर्ष मधेशको विकासको लागि धेरै बजेट छुट्याएको छ तर तपाईका पार्टीका व्यक्तिहरूले दिने अभिव्यक्तिले मधेश विरोधी पार्टी भनेर चिनायो कि ? 
— बोलीले मात्र समस्या उत्पन्न भएको होइन । मधेशी मोर्चाको आलोचनालाई नै मधेशी जनताको आलोचना गरेको भनेर मिडियाबाट पनि बढी समाचार प्रकाशन÷प्रसारण भयो । मधेशी मोर्चा भनेको राजनीतिक दल हो, त्यसको आलोचना हुनसक्छ भन्ने कुराको आधारमा विश्लेषण गरिएन । मधेशी मोर्चाको विरोध गर्दा मधेशी जनताको नै विरोध गरेको हो कि भन्ने मनोविज्ञान तयार भयो । त्यसले गर्दा एकप्रकारको समस्या पैदा गरेको छ । मधेशी मोर्चाको विरोध गर्नु भनेकै मधेशी जनताको विरोध होईन भन्ने कुरा नेकपा एमाले स्थापित गर्न चाहन्छ र हाम्रो प्रयास अब त्यो बाटो तर्फ जाँदैछ । अब हामी मधेशी जनतालाई साथ लिएर मधेशी मोर्चाको आलोचना गर्ने अभियान चलाउँछौं ।


० संविधान संशोधन प्रस्ताव पारित गर्न तपाईहरू किन अवरोध गरिराख्नु भएको छ ? 
— हाम्रो असहमतिको विचमा पनि संविधान संशोधन प्रस्ताव संसदमा प्रवेश गरेको छ । हाम्रो असहमतिको बिचमा पास गर्ने सामथ्र्य उहाँहरूसँग छ भने अगाडि बढ्दा हुन्छ । हामी के गछौं हाम्रो ठाउँमा छोड्दिनुस् । हाम्रो अवरोधमा संशोधन प्रस्ताव टेबल गर्न मिल्ने पास गर्न नमिल्ने भन्ने हुन्छ । 
 

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

 

२०८० चैत ३० गते देखि बाट सुरु भएको लहान एक्सपो...

मुस्लिम समुदायले आफ्ना धर्मगुरु एवं इस्लाम धमावलम्बीका प्रर्वतक पैगम्बर मोहम्मविरुद्ध...

लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८० हिजो बाट शुरु...

सिरहाको लहान-५ स्थित रहेको अल अमीन नेशनल एकेडेमीमा उत्कृष्टता हाँसिल...

"योग गरो निरोग रहो " नाराको साथ सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका...

लहान नगरपालिका वडा न.८ का पुर्व वडा अध्यक्ष विजय कुमार...

लहान नगरपालिका वडा नम्वर ३ होस्पितल चौकमा अत्याधुनिक सेवासहित ‘लहान...

लहानमा नगर स्तरीय अन्तर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु...

इस्लाम धर्मावलम्बीले आज ‘शब–ए–बारात’ पर्व धुमधामका साथ मनाउँदै छन् ।...

सिरहाको लहानमा अवस्थित शैक्षिक वृत्तमा छुट्टै पहिचान बनाएका लहान एभरेष्ट...

सिरहाको धनगढीमाईमा संचालित मोतिया बिन्दुको अप्रेशनलाई तार्किक निष्कर्षमा पुगाउँनका...

राष्ट्रिय समाचार समिति (रासस) सिरहाले शुक्रबार ६३ औं वार्षिक...

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलाई कतारमा भव्य स्वागत गरिएको...

सिरहाको लहानमा अवस्थित ‘स्कुल अफ स्कलर्स’ ( SOS ) ...

लहान नगरपालिका वडा न.३ मा अवस्थित सगरमाथा चौधरी आँखा अस्पताल...

सप्तरीको सुरुङ्गा नगरपालिकामा सम्पन्न प्रथम सुरुङ्गा मेयर गोल्ड कपको...

सिरहाको लहानमा अवस्थित जे.एस. मुराराका बहुमुखी क्याम्पसकाे ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता...

नेपालमा क्यान्सरसम्बन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस...

सिरहाको लहानबाट लागूऔषधसहित दुई छोरासहित बुबा पक्राउ परेका छन् ।...

सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलवार बाट शुरु भएको प्रथम सुरुङ्गा मेयर...

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.