शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
३५ वर्षमा १० लाख ६१ हजार आँखाका विरामीहरुको सफल शल्यक्रिया
माघ २९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ माघ २९ - 
लहान स्थित सगरमाथा चौधरी आँखा अस्पतालले १० लाख ६१ हजार भन्दा बढी आँखाका विरामीहरुको शल्यक्रिया गरेको छ ।आइतबार ३५ औ वार्षिकेत्सव समाहोरहमा अस्पतालका मेडिकल सुपरिडेन्ट लिालराज पूरीले यस्तो जानकारी गराउनु भएकोछ । नियमित उपचार चिकित्सकहरुको लगनशीलता र चौधरी दाता परिवारको निरन्तरको सहयोगले अस्पताल तिन दशक पार गरि चार दशकको बिचमा यस्तो प्रगति हासिल गरेको हो । २०१७मा मोतिबिन्दुको शल्यक्रिया ४५ हजार २२७ , फेको प्रविधिद्वारा मोतिबिन्दुको शल्यक्रिया , सात हजार ४६७ , बालबालिकाको आँखाको शल्यक्रिया दुई हजार पाँच , रेटिना लेजर एक हजार १८७ , रेटिना शल्यक्रिया ७९० , जलविन्दु विरामीहरुको आँखा परिक्षण छ हजार ४८९ , जलविद्यनु विरामीहरुको आँखाको शल्यक्रिया ,एक हजार १५० ,कोर्निया विरामीहरुको आँखा परिक्षण ,दस हजार १२८ , कोर्निया विरामीहरुको आँखाको शल्यक्रिया , दुई हजार २८३ , अकुलोप्लाष्टि विरामीहरुको शल्यक्रिया, दुई हजार ८९ रहेको जानकारी गराउँदै मेसु पुरीले उदयपूरको वेल्टार र सिरहाको सुखीपूरमा मोबाईल क्लिनिक संचालन गरि एक हजार १०१ आँखा जाँच गरि २५१ ज्नाको निःशुल्क शल्यक्रिया गरेको छ भन्ने सन २०१७ मा मात्रै सर्वाधिक तिन लाख ६२ हजार आँखा जाँच गरेका छन भन्ने ६१ ह्जार ४१५ आँखाका विरामीहरुको शल्यक्रिया गर्न भ्याएको यस अस्पतालले ३५ वर्षमा ४९ लाख ८४ हजार ४१६ विरामीहरुको जाँच गरेको जनाएको छ ।

 वर्षिकउत्सव समोरोहका प्रमुख अतिथिको रुपमा सिरहा १ को "क " प्रदेशका प्रदेश सभा सदस्य तथा सभामुख लगनलाल चौधरीले सम्बोधन गर्नुहुँदै भन्नुभयो,“ लहानको शान , पहिचान मात्रै नभएर अन्तराष्ट्रिय जगतमा समेत चौधरी आँखा अस्पतालले नेपाललाई नै चिनाउने काम गरेकोले जनप्रतिनिधिहरुले यस अस्पतालको विकासमा सहयोग गर्नुको साथै अस्पतालले गरेको प्रगतिको तरिका सिखेर सुस्त बनिरहेको सरकारी अस्पताललहरु प्रेरणा लिएर अगाडि वढनुपर्नेमा जोड दिनुभयो ।”

कार्यक्रममा लहान नगरपालिका प्रमुख मुनि साहले चौधरी आँखा अस्पताल ३५ वर्ष अगाडि एउटा सानो कोठाबाट जर्मन नागरिक चिकित्सक अल्ब्रेच्ट हेनिंगको मेहनत पसिना र स्थानीय दाताहरु सरोवरलाल चौधरी , छबिलाल चौधरी , रविन्द्र लाल चौधरीले लहानको मूल्यवान जग्गा दिएर अस्पताल स्थापना गरेर ठूलो गुण र उपकार गरेको स्मरण गर्दै यस अस्पतालको सेवा सुविधा , संरक्षण र विकासको लागि लहान नगरपालिकाले चाहिने र सक्दो सहयोग गर्नुको साथै यस अस्पतालबाट अनुभव सिकेर टाँसिएरै रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पतालले केहि सिक्न नसकेकोमा दुःख लागेको भन्नुभयो । नेत्र ज्याेिति संघका अध्यक्ष तथा पूर्व सांसद पदम नारायण चौधरीले अर्बौ रुपियाँ मूल्यको लहानको महंगो जग्गा आफना पिता पूर्खाहरुले आँखा अस्पताल स्थापना गर्न दिएर यस भेगको जनतालाई मात्रै होईन , छिमेकी देश भारतको वंगाल , विहार उत्तर प्रदेश सम्मका विरामीहरुको सेवा उपचार गरेकोमा गौरवान्वित भएको धारणा राख्नुभएको सरगम सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन्।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.