शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान अस्पतालको आफ्नै फार्मेसी सेवा सुरु
फाल्गुन १, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन १ -
लहानमा अवस्थित राम कुमार उमा प्रशाद स्मारक अस्पतालभित्र सोमबार देखि औषधालय सेवा सञ्चालनमा आएको छ । बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्रीवितरण गर्ने उद्देश्यले अस्पतालले सो सेवा सञ्चालनमा ल्याएको हो । प्रत्येक अस्पतालले आफ्नै हाताभित्र औषधालय सञ्चालन गर्नुपर्ने सरकारको नीतिअनुसार सञ्चालन गरिएको औषधालयबाट अस्पतालमा निःशुल्क पाइने औषधिबाहेक अन्य औषधिको मूल्यमा पाँचदेखि २५ प्रतिशतसम्म छुट दिई औषधि बिक्रीवितरण गरिने अस्पतालका मेसु डा सुनिल कुशवाहाले जानकारी दिए । करिब रु. २ लाख ५० हजार लागतमा सञ्चालन गरिएको औषधालयमा अस्पतालमा निःशुल्क दिइने औषधिबाहेक ७५ प्रकारको औषधि रहेको जानकारी दिँदै मेसु कुशवाहाले औषधिको प्रकार अझ थप्दै जाने बताए ।औषधालयको उद्घाटन लहान नगरपालिकाका मेयर मुन्नी साहको हात बाट गरिएको छ। 

यसै बीच अस्पताल परिसर भित्र रहेको औषधि पसलहरुका संचालकहरु लाई अस्पताल भित्र संचालनमा रहेका औषधि पसलहरु बन्द वा सार्न पटक - पटक पत्रचार तथा जानकारी गराएपनि वेवास्ता गर्दै औषधि पसलका संचालकहरुले अटेरी गर्दै आएको समेत डाक्टर सुनिल कुशवाहाले बताएका छन्। अस्पताल समितिले उक्त पसलहरु चाडै त्यहाबाट स्थान्तरण गराई दिन हुन् सम्बन्धित निकायलाई समेत मांग गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.