शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लिट्टिल स्टारमा बिज्ञान कला प्रदर्शनी सुरु , विभिन्न व्यक्तित्व सम्मानित
फाल्गुन २, २०७४ | सरगम खबर समाचारदाता

जिवछ उदासी लहान २०७४ फागुन २ - 
लहान स्थित लिट्टिल स्टार उच्च माध्यमिक विद्यालयले दोश्रो वर्ष विज्ञान तथा कला प्रदर्शनी आयोजना गरेको छ । विज्ञान कला प्रदर्शनीको उदघाटन जनप्रतिनिधिहरुले  गर्दै निजी विद्यालयले गरिरहेको प्रगतिबाट सिकेर लहान नगरपालिकामा सामूदायिक विद्यालयको सुधारमा लाग्नुपर्ने सामूहिक प्रतिवद्धता व्यक्त गर्नु भएका छन । तिन दिसम्म चल्ने प्रदर्शनीमा एक सयभन्दा वढी विज्ञान र कलाका स्टलहरु राखिएका छन । विज्ञान र कलासंग जोडिएका सामग्रीहरु त्यस विद्यालयका छात्र त्रात्राहरुले नै तयार पारेका छन । प्रदर्शनीको उदघाटन गर्दै प्रदेश सभा सदस्य अशोक कुमार यादवले भन्नुभयो,“ २१ वर्षमै लिट्टिल स्टारले निकै फडको मार्न सफल भएको छ । सात जनावाट सुरुवात गरेको यस विद्यालयमा दुई हजार विधार्थीहरु संख्या पुगेको छ । ख वर्गका विद्यालय भएर लहान क्षेत्रमा गुणस्तरीय शिक्षा दिन सफल भएको छ तर नाम कमाएका सरकारी सामूदायिक विद्यालयहरुको गरिमा खस्किदो अवस्थामा रहेको छ । सिंहदरवार र जिल्ला शिक्षा कार्यालयको अधिकार आफनै गाँउ नगरमा आयो । निजी विद्यालयहरुले गरेको प्रगतिवाट सिकेर सामूदायिक विद्यालयहरुले आफनो सुधार गर्न लाग्नुपर्छ । निजी र सामूदायिक विद्यालयहरु मिलेर  नै स्वस्थ्य शैक्षिक बातावरण तयार गर्न लाग्नुपर्छ । लिट्टिल स्टारले आयोजना गरेको विज्ञान र कला प्रर्दशनीले यस भेगको सवै विद्यालयहरुको लागि ठूलो प्रेरणाको श्रोत भएकोले यस्तो प्रदर्शनी हरेक विद्यालयले गर्नुपर्ने सुझाव दिदै शिक्षा क्षेत्रका जिम्मेवार निकायहरु शिक्षाको स्तर उन्नतिमा लाग्नुपर्ने देखिएको छ । ”

लहानको शिक्षा सुधारको लागि प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउने अभियान यसै आर्थिक वर्षमा नयाँ शैक्षिक सत्रदेखि सुरुवात गर्नुको दण्ड सजायको माध्यमवाट लिक बाहिर जान थालेको सामूदायिक विद्यालयलाई सहि बाटोमा ल्याउने भन्दै लिट्टिल स्टार उच्च माविले २१ वर्षमा यत्रो प्रगति प्रतिष्ठित सामूदायिक विद्यालयहरु ५० वर्षभन्दा पनि वढी भयो तर सुस्त गतिमा गईरहेको छ । अब सामूदायिक विद्यालयको सुधार गर्नको लागि शिक्षा क्षेत्रमा निकै मिहनेत गरेका लिट्टिल स्टार उच्च माविको संस्थापक जय प्रकाश चौधरीलाई शिक्षा क्षेत्रमा सुधार गर्नैको लागि मनोनित गरेको  नगरप्रमुख मुनि साहले प्रष्टयाउनुभयो । उपप्रमुख सरियार चौधरीले शुभकामना मन्तव्यमा भन्नुभयो ,“ लिट्टिल स्टारले सुरु गरेको विज्ञान र कला प्रदर्शनीले शैक्षिक सुधारको लागि एउटा नमूना हुनुको साथै लहानको शैक्षिक सुधारको लागि  पाठ सिकाएको भन्दै लहानका विधार्थीहरुलाई बाहिर उच्च शिक्षाको लागि पलायन हुनवाट रोक्न शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने छ । यसको लागि निजी र सामूदायिक विद्यालयले गरेका राम्रा पक्षहरुलाई आदान प्रदान गरेर अघि वढनु पर्छ । अभिभावक , प्रधानाध्यापक , नागरिक समाज , शिक्षा प्रेमीहरुको सामूहिक प्रयासवाट लहान नगरपालिकामा शैक्षिक सुधारको बातावरण बनाउन अवशयक्ता देखिएको छ । ”

शिक्षा क्षेत्रमा अतुल्नीय योगदान पुरयाउनु भएका पशुपति आदर्श माविका अवकास प्राप्त प्रधानाध्यापक विश्वनाथ महतो , बस्तीपूर माविका अवकास प्राप्त प्रधानाध्यापक सतिशचन्द्र यादव , लहान नगरपालिकाका विद्यालय निरिक्षक भवानी कटेल , श्रोत व्यक्ति कशिन्द्र प्रसाद यादव , सोठियाई माविका प्रधानाध्यापक राजेन्द्र प्रसाद यादव , ईनर्वा माविका प्रधानाध्यापक रघुवीर यादव , पडरिया माविका राम सेवक यादव , वस्तीपूर माविका राम नारायण साह र संचार क्षेत्रवाट शिक्षाको लागि योगदान दिनु भएको गोरखापत्र लहान समाचारदाता जीवछ यादव , रेडियो सरगमका संचालक फिरोज शेख , नेपाल समाचारपत्रका फिरोज सिद्धिकी , लिट्टल स्टारबाट शिक्षा लिएर नापी कार्यालयमा कार्यरत रविन्द्र सिंह , लहान अस्पतालका डाक्टर सविना खातुन , अनुसन्धान कार्यालयमा कार्यरत राकेश गुप्ता , लहान क्याम्पसका अंग्रेजी विषयका प्रध्यापक तथा विद्वान डा अनिल कुमार झा , वित्तिय क्षेत्रमा राम्रो काम गर्नु भएको बरुण कुमार कर्ण लगायतका व्यक्तित्वहरुलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेर जन प्रतिनिधिहरुले सामूहिक रुपमा सम्मानित गर्नु भएको थियो भन्ने जन प्रतिनिधिहरु विद्यालयका संस्थापक प्रिन्सिपल जय प्रकाश चौधरीवाट सम्माित हुनु भएको थियो ।  

एन प्याब्सनका केन्द्रिय सल्लाहकार पाण्डव हमाल , एभरेष्ट क्याम्पसका प्रमुख धरणीधर अधिकारी , प्यावसनका जिल्ला सल्लाहकार डा महेन्द्र चौधरी , अंगैजीका विद्वान प्रध्यापक डा.अनिल कुमार झाले आफनै लगन मिहनेत र शिक्षकहरुको सन्तुष्टिको कारण दुई दशकमै लिट्टिल स्टारले चमत्कार गरेको छ । यस विद्यालयले निजी तथा सामूदायिक विद्यालयहरुको अगुवा भएर लहानको समग्र शिक्षा क्षेत्रलाई अगाडि वढाउन नेतेत्वदायी भूमिका खेल्नुपर्छ । लहान नगरपालिकाले शिक्षा समितिमा लिट्टिल स्टारका संस्थापक जय प्रकाश चौधरीलाई मनोनित गरेर उदाहरणीय काम गरेको प्रशंसा गर्दै निजी विद्यालयहरुले भोगिरहेको समस्या समाधानको लागि पनि उचित कदम चाल्न जन प्रतिनिधिहरुलाई सल्लाह दिनुभयो ।  

 २१ वर्षमा प्रवेश गरेको यस विद्यालयले निकै प्रगति गरि ( ख ) वर्गको विद्यालय बन्न सफल भएको छ । २०५४ सालमा स्थापना भएको यस विद्यालयको सुरुवात सात जना विधार्थीवाट भएको थियो भन्ने अहिले दुई हजार विधार्थी अध्यनरत रहेका छन । विस वर्षमा प्रवेश गरेको अवसरमा गत वर्षदेखि नै विज्ञान कला प्रदर्शनी यस विद्यालयले गदै आईरहेको छ । सात जना विधार्थीवाट सुरुवात गरेर दुई हजार विधार्थी दुई दशकमा भर्ना गर्न सफल लिट्टिल स्टारलाई यहाँसम्म ल्याई पुरयाउन पत्नी पम्मी साहको सहयोग र साथ पाएर  सफल भएको भन्दै विद्यालयका संस्थापक प्रिन्सिपल जय प्रमाश चौधरीले आउने केहि वर्षमै ( क ) श्रेणीको विद्यालय बनाउने विश्वास व्यक्त गर्नुको साथै लहान नगरपालिकाले शिक्षा समितिमा मनोनित गरेकोले धन्यवाद ज्ञापन गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.