शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एनआइसी एसियाको निशुल्क आँखा जाच शिविर सम्पन्न
फाल्गुन ६, २०७४ | फिरोज शेख

फिरोज शेख  - लहान २०७४ फागुन ६ - 
सिरहाको सीतापुरमा सनिबार निशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ। एन आइ सी एसिया बैंक लहान र सगरमाथा चौधरी आँखा अस्पतालको आयोजनामा आयोजित उक्त निशुल्कआँखा शिविरमा २४० जनाले चेक जाच गराई लाभान्वित भएका छन्। शिविरमा चेकजाच गराएका २४० जना मध्ये ७० जनामा मोतिबिन्दुका रोगि फेला परेको हुनाले फेला परेका ७० जना लाई एन आइ सी एसिया बैंक लहानले आफ्नो सामाजिक वित्तीय कोष बाट सोमबार सगरमाथा चौधरी आँखा अस्पतालमा निशुल्क सल्यक्रिया गराउने एन आइ सी एसिया बैंक लहानका म्यानेजर जितेन्द्र कुमार साहले जानकारी दिएका छन्।एन आइ सी एसिया बैंक लहानले समय समयमा समाजलाई प्रत्यक्ष लाभ हुने विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको हुँदा यस निशुल्क आँखा जाच शिविरले सितापुर वासीहरु निकै हर्षित देखिएका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.