शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान एभरेष्ट कलेजको १९ सौ वार्षिक उत्सवमा विभिन्न व्यक्तित्वहरु
फाल्गुन ८, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन ८ 
लहानको मुटुमा अवस्थित लहान एभरेष्ट कलेज  तथा एभरेष्ट एजुकेशनल एकेडमीले सफलता पुर्वक सोमबार आफ्नो १९ सौ वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन्।लहान एभरेष्ट कलेजका संस्थापक अध्यक्ष माधव शर्माको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य पदम नारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वार्षिक उत्सव कार्यक्रममा शिक्षा क्षेत्र , राजनीतिक क्षेत्र , सामाजिक क्षेत्र , पत्रकारिता क्षेत्र , संचार तथा मनोरंजन क्षेत्र , साहित्य क्षेत्र लगायत लहान एभरेष्ट कलेजमा अध्यन गरि विभिन्न क्षेत्रमा आफ्नो अतुल्नीय योगदान पुरयाई रहनु भएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान-पत्र, कदर-पत्र तथा मायाको चिनो द्वारा सम्मानित गर्नु भएको छ। सम्मानित हुने हरुमा राजनीति क्षेत्र बाट नेपाली काग्रेस समानुपातिक तर्फ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पदम नारायण चौधरी , सिरहा जिल्ला क्षेत्र नम्बर १ प्रदेश सभा सदस्यमा निर्वाचित लगन लाल चौधरी,अशोक कुमार यादव , लहान नगरपालिकाका प्रमुख मुनि साह , उप -प्रमुख सरियार चौधरी , लहान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम दयाल महतो , लहान ८ का वडा अध्यक्ष विजय कुमार महतो , वडा नम्बर २४ का वडा अध्यक्ष कमल देव यादव रहेका छन्। शिक्षा क्षेत्र बाट पशुपति आदर्श माविका अवकास प्राप्त प्रधानाध्यापक विश्वनाथ महतो ,लहान नगरपालिकाका विद्यालय निरिक्षक भवानी कटेल , श्रोत व्यक्ति कशिन्द्र प्रसाद यादव ,एन प्यावसनका केन्द्रिय सल्लाहकार पाण्डव हमाल , एन  प्यावसनका जिल्ला अध्यक्ष  प्रदिप कुमार तिवारी , पत्रकारिता सन्चार तथा मनोरंजन क्षेत्र बाट सिरहा जिल्ला पत्रकार महासंघका सभापति वरिष्ठ पत्रकार  दिनेश्वर गुप्ता , प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा राष्टिय दैनिक नयाँपत्रिका प्रदेश नम्बर २ का प्रमुख सम्वाददाता दिलिप सिंह ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , मधेश आन्दोलनका अगुवा कृष्णा बहादुर यादव ,साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिला, ईलाका प्रशासन कार्यलयका अधिकृत सोम प्रशाद भटराई , पुर्व विद्यार्थीहरुमा मनोज कुमार साह , समित साह ,कृष्णा देव गोइत, अम्बिका साह ,रन्जना साह लगायतका व्यक्तित्वहरु सम्मानित हुनु भएको छ।  

वार्षिक उत्सव समारोहमा शुभकामना मन्तव्यमा बोल्दै वक्ताहरुले भन्नु भयो १९ वर्षमै लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल एकेडमीले निकै फडको मार्न सफल भएको छ । ४९ जना विद्यार्थी तथा ५ जना शिक्षक बाट सुरुवात गरेको यस विद्यालयमा अहिले करिब १२ सय विधार्थीहरुको संख्या पुगेको छ । यस लहान क्षेत्रमा यस विद्यालयले  गुणस्तरीय शिक्षा दिन सफल भएको छ तर नाम कमाएका सरकारी सामूदायिक विद्यालयहरुको गरिमा खस्किदो अवस्थामा रहेको छ । सिंहदरवार र जिल्ला शिक्षा कार्यालयको अधिकार आफनै गाँउ नगरमा आयो । निजी विद्यालयहरुले गरेको प्रगतिवाट सिकेर सामूदायिक विद्यालयहरुले आफनो सुधार गर्न लाग्नुपर्छ । निजी र सामूदायिक विद्यालयहरु मिलेर नै स्वस्थ्य शैक्षिक बातावरण तयार गर्न लाग्नुपर्छ । यस भेगको विद्यालयहरुको लागि ठूलो प्रेरणाको श्रोत भएको लहान एभरेष्ट कलेज तथा एभरेष्ट एजुकेशनल एकेडमी रहेको हुँदा शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार तथा लुट तनत्र लाई नियन्त्रण गरि शिक्षाको स्तर उन्नतिमा लाग्नुपर्ने कुरामा जोड दिएका छन्। ”

लहानका विधार्थीहरुलाई बाहिर उच्च शिक्षाको लागि पलायन हुनवाट रोक्न शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने । यसको लागि निजी र सामूदायिक विद्यालयले गरेका राम्रा पक्षहरुलाई आदान प्रदान गरेर अघि वढनु पर्छ । अभिभावक , प्रधानाध्यापक , नागरिक समाज , शिक्षा प्रेमीहरुको सामूहिक प्रयासवाट लहान नगरपालिकामा शैक्षिक सुधारको बातावरण बनाउन अवशयक्ता देखिएको छ । ”यस विद्यालयले निजी तथा सामूदायिक विद्यालयहरुको अगुवा भएर लहानको समग्र शिक्षा क्षेत्रलाई अगाडि वढाउन नेतेत्वदायी भूमिका खेल्नुपर्छ ।निजी विद्यालयहरुले भोगिरहेको समस्या समाधानको लागि पनि उचित कदम चाल्नु पर्छ।  

 २०५६ सालमा स्थापना भएको यस विद्यालयले १९ सौ वार्षिक उत्सवको शुभ अवसरमा  विभिन्न संस्कृतिक कार्यक्रम गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट भएका विधार्थीहरु लाई शिल्ड तथा मेडल समेत प्रदान गरेका छन्। कार्यक्रमको उद्घोषण रमिता नेपाल , प्रमिला लामिछानेले गर्नु भएको थियो भने अतिथिहरुका लागि स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल चक्रपाणी दाहालले राख्नु भएको थियो। अतिथिहरुलाई दोसल्ला ओढाई सम्मान-पत्र, कदर-पत्र तथा मायाको चिनो द्वारा सम्मान विद्यालयका प्रमुख धरणीधर अधिकारी संगै व्यवस्थापक संजय शर्माले गर्नु भएको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.