शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा प्रेसर कुकर बम विष्फोट , एक जना घाइते
फाल्गुन १०, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन १० - 
सिरहाको लहानमा  प्रेसरकुकर बम विष्फोट भएको छ। लहानको अति वेसत्त बजार शहिद चौकमा अवस्थित शुभ लाभ स्टोरको अगाडी सप्तरी पान भण्डारको छेउमा बिहीबार दिउँसो १ बजे प्रेसरकुकर बम विष्फोट भएको छ। उक्त  प्रेसरकुकर बम विस्फोट बाट शुभ लाभ स्टोरका संचालक अनिल कुमार अग्रवाल घाइते भएका छन् । बम विष्फोटबाट पसलमा क्षति पुगेको छ भने घाइते भएका पसल सञ्चालक अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको भनि विष्फोट भएको ठाउमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।  

त्यस्तै गत पुस ७ गते सिरहा बजारस्थित मालापोत कार्यालयमा कार्यालय प्रमुखको कार्यकक्ष अगाडिको सोफामुनी राखिएको बम विस्फोट हुँदा तीन जना घाइते भएका थिए। घाइतेहरु सिरहा नगरपालिका–११ का राजकुमार पासवान, रोशन र पवन पासवानको सिरहा अस्पतालमा उपचारपछि घर फर्किसके। तर, विस्फोटमा संलग्नहरु पत्ता लगाउन प्रहरीले अझै सकेको छैन्। मालपोत संग टाँसिएको दक्षिणतिर प्रमुख जिल्ला अधिकारीको निवास छ। जहाँ २४ सैं घण्डा सशस्त्र र नेपाल प्रहरीको बाक्लो पहरा रहन्छ। विस्फोट स्थलबाट पाँचसय मिटर पूर्व दक्षिणमा सस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय छ। उतिकै दुरी उत्तर जिल्ला प्रहरी कार्यालय छ। तर, यो विस्फोटनको घटना गराउने पनि सहजै उम्के। चुनाव सकिएपछि मंसिर २८ गत्ते लहानको मुख्य चोकमा दिउँसै बम विस्फोट भएको थियो। सहिद गेट नजिकै भएको यो बम विस्फोटमा पनि तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा भेटिएको थियो।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.