शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि:शुल्क मुटुरोग शिविर सम्पन्न, ३६६ जना लाभान्वित
फाल्गुन १२, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन १२ - 
सिरहाको लहानमा नि :शुल्क मुटुरोग शिविर सम्पन्न भएको छ। शहिद गंगालाल राष्टिय हृदय केन्द्र बासवारी काठमाडौंका चिकित्सकहरुको टोलीद्वारा लहान नगरपालिका वडा नम्बर ७ मा अवस्थित श्री पशुपति आदर्श माविमा भएको मुटुरोग शिविरमा ३ सय ६६ जनाले चेकजाँच गराई स्वास्थ्य लाभ लिनु भएको वडा नम्बर ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले सरगम खबर डटकम लाई जानकारी दिएका छन् । शिविरमा चेकजाच गराउन आज विहान ७:३० बजे देखि १० : ३० बजे सम्म विरामीले आ -आफ्नो नाम दर्ता गराएका थिए । शिविरमा अति विपन्न सिमान्तकृत र गरिव नि:सहाय परिवारका व्यतीहरुलाई विशेष प्राथमिकता राखी इको जाच १८५ जना लाई र इसिजी १६५ जना लाई गर्नु का साथै आवश्यक विरामीलाई कवेष्ट फर्मा द्वारा औषधि उपलब्ध गराइएको छ। शहिद गंगालाल राष्टिय हृदय केन्द्र बासवारी काठमाडौंको आयोज तथा लहान नगरपालिका वडा नम्बर ७ वडा कार्यलयको सह -आयोजनामा भएको उक्त नि : शुल्क मुटुरोग शिविरमा फेला परेका २४ जना जटिल मुटुरोगका विरामीलाई संकल्प नेपाल संस्थाले उपचार खर्चमा सहयोग गर्ने अध्यक्ष गुप्ताले जनाएका छन्। यसै बीच शहिद गंगालाल राष्टिय हृदय केन्द्र बासवारी काठमाडौंमा कार्यरत डाक्टर विनय रोनियारले मुटुरोग बाट ग्रसित बिरामीले आ-आफ्नो वडा कार्यलयको सिफारिस लिएर 
शहिद गंगालाल राष्टिय हृदय केन्द्र बासवारी काठमाडौंमा उपचार गराउन आएमा रु.एक लाख छुट दिने बताएका छन्।

यसै बीच वडा अध्यक्ष राकेश रोशन गुप्ताले नि : शुल्क शिविर सम्पन्न गर्न सहयोग गर्नु भएका सम्पुर्ण डाक्टरहरु , सहभागी संघ संस्था, स्वयम् सेवक, पत्रकार, सगरमाथा एजुकेशनल एकेडमी , पशुपती उच्च मावि परिवार, रेडियो सरगम ९३ मेगाहर्ज परिवार ,ग्लोबल फ्रेन्ड्स क्लब लगायत सम्पूर्ण जनसमुदायमा धन्यवाद ज्ञापन गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.