शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिटि जेसिज र ग्लोवल फ्रेन्ड्सको होलि मिलन कार्यक्रम सम्पन्न
फाल्गुन १७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन १७ - 
लहान सिटि जेसिज र ग्लोवल फ्रेन्ड्स एसोसिएसन लहान द्वारा आयोजित होलि मिलन कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको छ। छुट्टा -छुटै स्थानमा दुवै संस्थाले आयोजना गरेको होली मिलन कार्यक्रममा यस क्षेत्रका राजनीतिक दलका प्रदेश सभा सदस्य , नगर प्रमुख , उपप्रमुख,वडा अध्यक्ष , समाजसेवी , वुद्धिजीवी , नागरिकसमाज , संचारकर्मी , विविन्न संघ - संस्थानमा आवध संस्थानका प्रतिनिधि , व्यपारी , ईलाका प्रसाशन कार्यलयका अधिकृत , ईलाका प्रहरी कार्यलयका प्रमुख  , शास्त्र प्रहरी वेश क्याम्पका प्रमुख , स्थानीय कलाकार , महिला , प्याव्सन , एन प्याव्सनका पदाधिकारीहरु लगायत सैयौ जनसमुदायको उपस्थिति रहेको थियो। 

होलि मिलन कार्यक्रमा शुभकामना मन्तव्य दिने क्रममा होली आपसी भाईचाराको पर्व भएकोले  हामी सवै एक भएर समाज बिकासमा लाग्नु पर्ने कुरामा वक्ता हरुले जोड दिएका छन्। होली पर्वले समाजिक सद्भाव कायम गर्ने बताउदै एक आपसमा मिलेर अघि बढ्न प्रेरणा मिल्ने कुरामा पनि जोड दिएका छन्। होलि लाई सभ्य तथा भव्य रुपमा मनाउदै आफ्नो संस्कृतिक लाई जोगाउन नशालु पदार्थमुक्त होलि  , ध्वनि प्रदुषण मुक्त होलि  , विभिन्न अमानवीय गीति विधिहरु परित्याग गरि सामाजिक परम्पराका साथ होलि पर्व मनाउन सम्पूर्ण जनसमुदायमा उपस्थित अतिथिहरुले आग्रह गर्दै विभिन्न रंगका अविरहरु एक अर्कालाई लगाई शुभकामना आदान - प्रदान गरेका छन्। 
 
लहान सिटि जेसिजको होलि मिलन कार्यक्रम कार्यक्रम संयोजक सुमन गुप्ताको अध्यक्षता तथा सिरहा जिल्ला क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य लगन लाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन जेसी प्रमिला लामिछानेले गरेका थिए। 

यता ग्लोवल फ्रेन्ड्स एसोसिएसन लहानको होलि मिलन कार्यक्रम ग्लोवल फ्रेन्ड्सका अध्यक्ष वसन्त साहको अध्यक्षता तथा लहान नगरपालिका प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा संपन्न भएको छ। भने कार्यक्रमको संचालन रन्जु सिंहले गर्नु भएको थियो। कार्यक्रमा विभिन्न होलि गीत ,जोगिरा गित संगीतहरुको  समेत प्रस्तुति रहेको थियो।  ग्लोवल फ्रेन्ड्स एसोसिएसन लहानले विगत चार वर्ष देखि गर्दै आएको मटकाफोड कार्यक्रम लाई यस वर्ष पनि निरन्तरता दिदै पाँचौ  होलि महोत्सव २०७४ समेतको आयोजना गरेका छन्।  मटकाफोड कार्यक्रम शुक्रबार विहान ८ बजे लहान ७ मा अवस्थित राम मन्दिरको अगाडी राखिएको छ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.