शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एनआइसी एसियाकोधनवर्षा मुद्धती खाता पुनः सञ्चालनमा, १२ प्रतिशत ब्याज
फाल्गुन २५, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन २५ - 
एनआईसी एशिया बैंकले निक्षेपकर्ताहरुबीच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई पुनः सञ्चालनमा ल्याएको छ ।१ बर्ष अवधिकोे मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिनेछ ।

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशत का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

मुलुकभर १ सय ८० शाखा कार्यालयहरु, १ सय ८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५ हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ सञ्जालन भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भईसकेको प्रेस विज्ञप्ति मार्फत एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सुचना अधिकारी सुधिर नाथ पाण्डेले सरगम खबर डटकम लाई जानकारी दिनु भएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.