शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
छोरीको हत्या कसुरमा एक वर्ष पाँच महिना कैदको फैसला
चैत्र १, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र १ - 
एक वर्षीया छोरीको हत्या गरेको कसुरमा सिरहा जिल्ला धनगढीमाइ नपा-१२ की ३० वर्षीया हिरा खडकालाई जिल्ला अदालतले एक वर्षपाँच महिना कैदको फैसला गरेको छ। न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलले बताए । आरोपितले एक वर्षीया छोरी दिलसा खनाललाई भदौ ३० गते घर छेऊकै सार्वजनिक इनारमा फाली पछिबाट आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको आरोपमा इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई भदौ ३० गते गिरफ्तार गरेको थियो ।घरायसी विवादमा आरोपितले छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु भएको थियो । मृतक बालिकाको शवको पोष्टमार्टम भदौ ३० गते रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा भएको थियो । सिरहा जिल्ला अदालतको आदेशमा असोज १० गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा रहेकी थिइन् ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.