शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलानबिहुल गापाको गाउँ सभा भङ्ग, कार्यालयमा अनिश्चितकालिन तालाबन्दी
चैत्र २, २०७४ | सरगम खबर समाचारदाता

 सप्तरी,२०७४ चैत २ । चैत १ गते गर्ने भनिएको बलान बिहुल गाउपालिका को प्रथम गाउसभा बिबादै बिबाद को भुमरीमा परि स्थगित भएको छ । स्थानीय कानुन संवत् गाउसभा नबाेलाएकाे भन्दै स्थानिय ले गाउसभालाई भंग गरि गाउपालिका भवनमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । स्थानीय ऐन अनुरूप एक साता अघि नै गाउँसभा हुने स्थान र समय बारे स्थानिय समक्ष सुचना गर्नुपर्ने हो तर यहाँका अध्यक्ष लगायतका गाउपालिकाका प्रतिनिधिहरुले सुटुक्क ३० गते फाल्गुन मा बैठक बसी १ गते चैतमा गाउँसभा डाकेको गम्भीर आरोप छ ।

गाउपालिका का प्रमुख एवं वार्ड प्रतिनिधि हरु पारदर्शी निर्णय नगरी त्यहाँका जनता सङ्ग कुठाराघात गरेको आरोप छ । बलान नदी र बिहुल नदि को बिचमा पर्ने सप्तरी को कान्छो गाउपालिका बोदेबरसाईन नगरपालिका बाट छुट्टीएको हो । अधिकांश नगरपालिका र गाउपालिका ले बजेट सार्वजनिक गरि बिकास कार्यलाई अघि बढाएतापनी बलान बिहुल गाउपालिका चाहिँ कार्यलय भवन काहा राख्ने विषयकाे टुंगाे लागेकाे छैन । 

हाल गाउपालिका भवन साविककाे मल्हनिया गा.वि.स भवनमा रहेको छ । उक्त कार्यालय सबैको समदुरी हुने गरि रुबि पोखरी को डिल अर्थात वरिपरि तथा धामी पोखरी को छेउछाउमा सार्ने प्रस्ताव आएता पनि वार्ड १ र २ का प्रतिनिधिहरु नमान्दै आएका छन । जम्मा ६ वार्ड भएको उक्त गाउपालिका बिकासकाे सवालमा अति नै नाजुक अवस्थामा रहेको छ । सडक, बिजुलि, शिक्षा, स्वास्थ आदि को पुर्वाधार रहित यो गाउपालिका  पंचायतीकाल देखि नै विभिन्न विवादमा परि विकास का काम देखि काेसाैं टाढा रहेकाे यहाँका स्थानीयहरु बताउँछन् । 

स्थानिय माओवादीका नेता छ्त्र नारायण यादव उक्त गाउँपालिका का अध्यक्ष दयानन्द गोईत को क्रियाकलाप देखि असन्तुष्टि व्यक्त गर्दै भन्छन " हाम्रो अध्यक्ष लगायत का प्रतिनिधिहरु आ-आफ्ना निजी स्वार्थमा लागेका छन । उनीहरु बिकास भन्दा पनि चुनावमा भएको खर्च ब्याज समेत उठाउने कसरतमा लागेका छन । " अर्का राजपा का नेता रामेश्वर यादव भन्छन " देश संघियता काे स्वाद लिदै छन तर हाम्रो अध्यक्ष उहीँ सामन्तवाद्को पुछर समाई राखेका छन ।"

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.