शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वन क्षेत्र फडानी गरि बनाइएको ५० घर टहरा हटाइयो
चैत्र ३, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ३ - 
वन क्षेत्र फडानी गरि अवैध रुपमा बनाईएको घरटहराहरु शुक्रकार जिल्ला वन कार्यालय सिरहा लहानले हटाएका छन । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वाड नं. १ स्थित रहेको नन्दबाबा सामुदायिक वन क्षेत्र भित्र भूमाफियाको संरक्षणमा वनाईएका ५० वटा घरटहरा जिल्ला वन कार्यालय सिरहा लहानको जिल्ला वन अधिकृत सुनिल कुमार सिंहको कमाण्डमा खटिएका वन कर्मचारीहरुले उक्त अतिक्रमित घरटहरा हटाएको सहायक वन अधिकृत रामभगत यादबले बताए छन् । यादबका अनुसार भुमाफियाहरुको सहयोग तथा संरक्षणमा उक्त वन क्षेत्रको ५ हेक्टर जग्गामा मेला लगाउने बहनामा नया घरटहरा निमार्ण गरी स्थायी रुपमा नै बस्ने हिसाबले उक्त घर निमार्ण गर्न लागेको सुचना प्राप्त भएपछी शुक्रबार वन कार्यालय बाट खटिएका वन कर्मचारीहरुको टोलीले उक्त घरटहरा भतकाई उक्त जग्गा वन क्षेत्रमा कायम गरेका छन्।  सिरहा जिल्ला भरी ९९३ हेक्टर वन क्षेत्र अतिक्रमण गरी स्थायी रुपमा स्थानियहरु भोग चलन गर्दै आएको हुनाले अब हामी उक्त क्षेत्रमा स्थापित घर-टहरा हटाउने अभियानमा लागिपरेको अधिकृत सुनिल कुमार सिंहले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.