शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सार्वजानिक मुद्दामा संलगन माथि अनुसन्धान शुरु , तिन दिनमा १
चैत्र ५, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ५ - 
ईलाका प्रहरी कार्यलय लहानले विभिन्न सार्वजानिक अपराध मुद्दामा संलगन ५ जना लाई जिल्ला  प्रशासन बाट सनिबार ६ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएका छन्। सार्वजनिक मुद्दामा संलगन लहान न.पा.वडा नं.५ बस्ने वर्ष ३५ को महेश कुमार साह, लहान न.पा.वडा नं.३ बस्ने वर्ष १७ को मिथलेश चौधरी,  २० वर्षीय दिपेश कुशवाह, २० वर्षीय सचिन महतो र सोहि वडाका २० वर्षीय प्रमानन्द महतोलाई जिल्ला प्रशासन कार्यालय सिरहाबाट सार्वजनिक अपराध मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले बताए ।

यता ट्राफिक प्रहरीले  नियम उल्लंघन गर्ने मोटरसाइकल चालकहरु लाई कारवाही गर्ने कार्यलाई निरन्तरता दिएका छन्। मोटरसाइकल दुर्घटना कम गर्न ट्राफिक प्रहरीले गरेको चेक जाँचमा नियम उल्लंघन गरी चलाइएका मोटरसाइकलहरु कारवाहीमा परेका हुन्। सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालय लहान तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले आइतबार ट्राफिक नियम उल्लंघन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको छ।आइतबार लहान क्षेत्रमा बिनाहेलमेट चलाइएका १०, दुई जनाभन्दा बढी चढेका १४ र ब्लुबुक, सवारी चालक अनुमतिपत्र नभएका १५ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले बताएका छन् । चन्दका अनुसार आइतबार कारवाही गरिएका मोटरसाइकल धनीबाट जरिवाना स्वरुप २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

प्रहरीले तिन दिनमा नियम उल्लंघन गर्ने १७९ मोटरसाइकल चालकलाई कारवाही गरेको छ। तिन दिनमा ट्राफिक प्रहरीले मोटरसाइकल धनीबाट जरिवाना स्वरुप १ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.