शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा बढ्दो – संयाेजक
चैत्र ६, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ६ - 
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताउनुभएको छ ।प्रदेश नं १ र २ संयुक्त बैठक तथा २ दिने प्रशिक्षण कार्यक्रमका लागि सोमबार देखि लहानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज बिहान विशाल होटलमा पत्रकार सम्मेलन गरि संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै सत्ताको बाडफाड गर्ने खेलमा लागेको भन्दै उहाँले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उहाँले सुझाव दिनुभयो । पत्रकार सम्मेलन भन्दा पहिला डा. भट्टराईले लहानस्थित शहीद चौकमा रहेको मधेस आन्दोलनका पहिलो शहीद रमेश महतो लगायत शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.