शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एसईई परीक्षामा सिरहा बाट ९ हजार ८ सय ७७
चैत्र ७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ७ - 
बिहिबार चैत ८ गतेदेखि सञ्चालन हुन लागेको एसईई परीक्षामा सिरहा जिल्लाबाट कुल ९ हजार ८ सय ७७ जना विद्यार्थी सहभागी हुन लागेका छन् ।सिरहा जिल्लाका सामुदायिक, निजी र खुल्ला गरि नियमिततर्फ ९ हजार २ सय ८४ र एक्जाम्पटेडका ५ सय ९३ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको  लहान नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति कासिंद्र यादवले जानकारी दिएका छन् ।  सिरहा जिल्लामा कुल ३८ओटा परीक्षा केन्द्र तोकिएको छ ।परीक्षालाई मर्यादित  बनाउन पुरुष केन्द्राध्यक्ष ३७ , महिला केन्द्राध्यक्ष १ सहित सहायक केन्द्राध्यक्ष , निरीक्षक र हेल्पर रहने उनले बताए । यादवका अनुसार शान्तिपूर्ण वातावरणमा मर्यादित रुपमा परीक्षा सम्पन्न गराउन प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा १० देखि १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने छ।स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा सम्वन्धित वडाका वडा अध्यक्षले परीक्षा केन्द्रमा भईरहेको परीक्षाको अवस्थाबारे जानकारी लिन पाउने छ। परीक्षा सञ्चालन अवधीभरी कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप गरिएको पाईएमा सम्वन्धित व्यक्तिलाई रु .एक लाख जरिवाना सहित ६ महिना कैद हुन् सक्ने प्रावधान रहेको हुनाले कुनै पनि अवाञ्छित क्रियाकलाप नगर्न - नगराउन सम्पूर्णमा यादवले आग्रह गरे।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.