शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पतारी गापा पूर्ण खोप वडा घोषणा
चैत्र ७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ७ - 
मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउपलिका ६ नम्बर वडा पूर्ण खोप वडा घोषणा भएको छ। स्थानीय स्वामित्व र सहभागिता ,पूर्ण खोप सुनिश्चता हाम्रो प्रतिवध्ता मूल नारा रहेको उक्त कार्यक्रम स्वास्थ्य चौकी सीतापुर प्रधको आयोजनामा सम्पन्न भएको छ। नव निर्वाचित वडा अध्यक्ष राजेश्वर साह सुडीको अध्यक्षता , पतारी गाउपालिकाका अध्यक्ष राम वल्लभ साहको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य खोप समन्वय समिति सिराहाका अधिकृत शिव चन्द्र ठाकुरको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नौ वटै वडाका स्वयमसेविका संगै अनमी सविता चौधरी लाई प्रमाण -पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो।कार्यक्रममा गाउपलिका स्तरीय विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि , वडा स्तरीय पार्टी प्रतिनिधि ,जनप्रतिनिधि  लगायतको उपस्थितिमा प्रमुख अतिथि साहले आयोजक स्वास्थ्य चौकी सीतापुरका प्रमुख चन्द्र प्रकाश पण्डित ,सी अहेव झोली साह ,विजय यादव ,अनमी चन्द्रकला राम लगायत कास श्रीदेव यादवलाई प्रसंशा -पत्र प्रदान गरेका छन्। एपेक्स एजुकेशनल एकेडमी लहानका प्रमुख भरत साहले ति गापाका जेहेन्दार विद्यार्थीहरुलाई विशेष छुटमा विभिन्न उच्चस्तरीय कोर्ष अध्यापन गराउने उद्घोष गरेका छन्।कार्यक्रमा विभिन्न व्यक्तित्वहरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

कार्यक्रमको सन्चालन रेडियो सरगम ९३ मेगाहर्जका समाचार वाचक एलबी यादवले गर्नु भएको थियो। यो वडा संगै लक्ष्मीपुर गाउपलिका पूर्ण खोप सुनिश्चत क्षेत्र भइसकेको प्रमुख अतिथि राम वल्लभ साहले जानकारी गराएका छन्।भने वडा न.६ मा आउने २०७५ साल बैशाख सम्ममा वर्थिङ्ग सेन्टर कायम गर्ने वडा 
अध्यक्ष राजेश्वर साहले उद्घोषण गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.