शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको विकास ट्रेडर्समा बम विष्फोट ८ घाइते
चैत्र ९, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र ९ - 
सिराहाकाे लहान बजारस्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा शक्तिशाली बम विष्फोट भएकाे छ । विष्फोटमा परि ८  जना घाइते भएका छन्।घाइते हुने हरुमा लहान ७ निवासी विकाश ट्रेडर्सका संचालक विकाश सारडा , उनका भाई राहुल सारडा , पसल मै काम गर्ने लहान ९ बस्ने अनुशिता कुमारी चौधरी , लहान ११ बस्ने विनिता कुमारी चौधरी रहेकी छिन भने सुनचांदी खरिद बिक्रि गर्न आएका ग्राहकहरु मध्ये सिरहा मझौरा बस्ने सिकिन्दर यादवको पत्नी देव कुमारी यादव र ७ वर्षीय छोरा  सतिश यादव रहेका छन् भने मधोपुर कालाबंजर बस्ने बबिता यादव र सप्तरी सुरुङ्गा नगरपालिका ६ बस्ने मोनिका देवी राम रहेकी छिन।

घाइतेहरु मध्ये ७ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ। ४ जनाले कान सुन्न छोरेका छन् भने शरीरको विभिन्न ठाउमा बमको छररा लागेको छ। त्यसै बाकी ३ जना लाई बमको छरराले लाग्दा टाउको , खुट्टामा चोट लागि घाइते भएका छन्। 

पसलमा अपरिचित व्यक्ति एउटा भरिएको झोला सहित सुन किन्ने भनि आएको र एक छिनमा आउदै छु भनि झोला छोरी गएको केहि बेरमै उक्त झोलामा रहेकाे सामान विष्फोट भएकाे पसलका सञ्चालक  विकास सारडाले बताए। विष्फोट बाट पसल भित्र धेरै क्षति भएकाे छ । घाइतेहरु मध्ये ६ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको राम कुमार स्मारक अस्पतालमा उपचार भइरहेकाे छ । हाल सम्म बम किन र कसले राखेको भनि कसैले जिम्मा लिएको छैन। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.