शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शिक्षा सुर्धार गर्न समाजमा एकता आवश्यक ः विनि कटेल
चैत्र १३, २०७४ | सरगम खबर समाचारदाता

लहान २०७४ चैत्र १३  । शिक्षामा देखिएको विकृति र वेथितिलाई सुर्धार गर्नका लागि समाजमा एकता आवश्यक भएको जिल्ला शिक्षा कार्यालय सिरहाका विधालय निरिक्षक भवानी कटेलले वताए । विधालयमा गुणस्तरिय शिक्षा प्रदान हुन नसक्नुमा अभिभावकको पनि कमजोरी रहेको वताए । समाजका अगुवाले विधालय प्रशासनको सधै विरोध गरेर मात्र शिक्षा गुणस्तरिय नहुने तर्क गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकाद्धारा सिरहाको लक्ष्मीपुर पतारी गाउपालिकाको वडा नं ६ सितापुरमा गठित मानव अधिकार निगरानी समुहको आयोजना तथा वडा कार्यालय  सितापुरको सहकार्य र रामा महन्थी यादव जनता माध्यमिक विधालय सितापुर प्र.ध.को समन्वयमा आयोजित स्थानीय तहमा शिक्षाको अधिकार र गुणस्तरिय शिक्षाका लागि शैक्षिक वहस÷संवाद कार्यक्रममा विधालय निरिक्षक कटेलले यस्तो वताएका छन् । 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिरहाका श्रोत व्यतिm एकलास कुमारी यादवले शिक्षामा सरकारले लगानी गरेअनुसारको उपपलब्धी हासिल हुन नसक्नुमा अभिभावकको पनि कमजोरी रहेको वताइन । उनले भने समाजले नजिकबाट विधालयलाई अनुगमन गरे गुणस्तरिय शिक्षा प्रदानमा निकै सुधार आउने वताए । 
सरकारले शिक्षालाई स्थानीय तहमा दिएको अधिकारलाई वडा कार्यालयले सदुपयोग गरि प्रभावकारी शिक्षा प्रदान  गर्न वातावरणको सृजर्ना गर्नुपर्ने आवश्यकता रहेको वताइन । शिक्षामा परिवर्तनका लागि विधालयका प्रअ.शिक्षक व्यवस्थापन समिति र अभिभावकले अव रोल परिवर्तन गुर्नपर्ने वताए । विधालय प्रशासनलाई दोष लगाएर गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्ने वताए । त्यसका लागि समाजले अभिभावको भुमिका खेल्नुपर्ने  वताए । समाजले एैनाको रुपमा रोल खेल्नुपर्ने वताइन । 

शिक्षामा विनियोजन गरेको वजेटको सही सदुपयोग गर्न नसकेका कारण विधालयमा संचालनमा समस्या देखा परेको वताए । राज्यले दिएको वजेटमा पार्दशितता र जवाफदेहीता बुझे शिक्षामा परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरिन । कार्यक्रममा नेपाल राष्ट्यि अभिभावक संघ सिरहाका अध्यक्ष तथा समाजिक अभियानता धिरेन्द्र साहले गुयास्तरिय शिक्षा प्रदान गर्नका लागि बाहिरबाट कसैले आएर वनाउने होइन त्यसका लागि समुदायले अग्रसरता लिनुपर्ने वताए । समाजले अग्रसरता नलिए शिक्षाको निति सुधार त हुन्छ तर मानसिकतामा परिवर्तन कहिले नआउने वताए । 

उनले भने विधालयमा देखिएको समस्या समाधान स्थानीय स्तरवाटै समाधान हुने वताए । सोका लागि अभिभावकले अगुवाई गर्नुपर्ने वताए । विधालयबाट गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि मानसिकता र नैतिक जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको वताए । जिम्मेवार व्यतिmहरुले नैतिक जिम्मेवारी नलिदा समस्या बल्झेको वताए । स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गरि वातावरणमैत्री सहकार्यात्मक तरिकाबाट शिक्षालाई सुर्धार गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा लक्ष्मीपुर गाउपालिका वडा नं ६ का वडा अध्यक्ष राजेश्वर साहले शिक्षामा देखिएको मनापोलि र पहिले देखि चलिआएको परम्परागत सोचबाट ग्रसित शिक्षालाई आधुनिक र गुणात्मक शिक्षा प्रदान गर्ने वातावरणको सृजर्ना गर्ने वताए । त्यसका लागि विधालय अभिभावक र समाजको साथ आवश्यक रहेको वताए । 

आफुले शिक्षा प्रति अतिसंवेदनशिल रहेको भन्दै यस क्षेत्रमा अन्य क्षेत्रको लगानी भन्दा दोब्बर रहेको वताए । शिक्षा प्रभावकारी वनाउनका लागि आफुले समय समयमा अनुगमन र अन्तरक्रियात्मक कार्यक्रम समेत संचालन गरिरहेको वताए । शिक्षा क्षेत्रलाई स्थानीय तहले गुणस्तरिय वनाउनका लागि कुनै कसर बाकि नराख्ने वताए । त्यसका लागि विभिन्न संघसस्थाहरु संग सहकार्य गरि शिक्षामा सुधार गर्न लागि परेको वताए । कार्यक्रममा वडा भरिका प्रधानाध्यापक,विधालय वयवस्थापन समितिका अध्यक्ष,राजनीतिक दलका प्रतिनिधि,समाजसेवी,संधसस्थाका प्रतिनिधि,संचारकर्मी मानव अधिकारकर्मी र मानव अधिकार निगरानी समुह सितापुर प्र.ध.का सदस्य लगायत करिब ७० जनाको सहभागिता रहेको थियो । मानव अधिकार निगरानी समुह सितापुर प्र.ध.का संयोजक नन्द किशोर चौधरीको अध्यक्षतामा सम्पन्न भएका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.