शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने
चैत्र १३, २०७४ | फिरोज शेख

लहान २०७४ चैत्र १३ - 
केही दिनयता सिरहाको लहान बजारमा भएको श्रृखंलाबद्ध बम विष्फोट बारे बुझन सोमबार घटना स्थल आएका प्रदेश २ का गृहमन्त्री ज्ञानेन्द्र यादवले शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।गृहमन्त्री यादवले चैत ९ गतेको बम विष्फोटको घटना स्थल विकास टेर्डसमा पुगेर घटना दुःखद रहेको र प्रदेश सरकारले यसलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् । ‘बम विष्फोटको घटनामा संग्लन अपराधीलाई कानूनको दायरामा ल्याउन कुनै कसर बाँकी राख्दैनौँ,’ उनले भने,‘छानबीनको लागि उच्च स्तरीय समिति गठन गरिरहेका छौँ ।’ 

प्रदेश सरकार सुरक्षा सम्बन्धी कानून बनाइरहेको गृहमन्त्री यादवले जानकारी गराए । अन्तराष्ट्रिय मापदण्ड हेर्दा ४ सय देखि ६ सय जनसंख्यामा एक प्रहरी छ भने नेपालमा १२ सय १६ सयमा एक प्रहरी रहेको छ । स्रोत साधन दृष्टि शान्ति–सुरक्षामा लगानी पनि कम रहेको उनले बताए ।शान्ति सुरक्षाका लागि कसैसँग सम्झौता नहुने उनले बताए । ‘२४ घण्टा नै आफुहरु ‘एक्सन’को तयार छौँ । गल्ती गर्ने व्यक्ति अब छुट पाउँदैन् । त्यो समय गयो, जुन बेला छुट पाउँथ्यो,’ गृहमन्त्री यादवले भने,‘अपराधीलाई कानूनको दायरामा ल्याउँछौँ ल्याउँछौँ ।’ प्रदेश सरकारले जनताको समस्या र गुनासो सुन्नको लागि ‘मुख्यमन्त्री हेल्पलाइन’ नम्बर र गाउँ–गाउँमा ‘जनताको कहचरी’ सुरु गर्न गइरहेको गृहमन्त्री यादवले जानकारी दिए । ‘गाउँका गरिब र निमुखाको पहुँच जनकपुर,मन्त्री सम्म छैन्,’ उनले भने,‘उनीहरुका लागि हामी प्रदेश सरकारका मन्त्रीहरु स्वयं गरिबको घर–घरमा गएर समस्या बुझन पुग्छौँ ।’ 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.