शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बजारमा करेन्ट चाउचाउको झाँकी
चैत्र १५, २०७४ | सरगम खबर समाचारदाता

रुनकेश कुमार कामती - 
सिरहा, १५ चैत्र । यशोदा फुड्स प्रा.लि. बुटवलद्घारा उत्पादित करेन्ट चाउचाउले बिहीबार सिरहाको लहान बजारमा करेन्ट चाउचाउको बिक्री प्रवद्र्घन गर्ने उदेश्यले विविध झाँकीसहित प्रदर्शन गरेको छ । नेपाली कला संस्कृतिमा आधारित भेषभुषा, बाजागाजा सहित ¥याली प्रदर्शन गरिएको कम्पनीका कर्पोरेट म्यानेजर छवि लाल शर्माले बताएका छन् । अरु चाउचाउ भन्दा अन्तराष्ट्रिय स्तरको उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग गरी अत्याधुनिक प्रविधिबाट उत्पादित गुणस्तरिय रहेको कर्पोरेट म्यानेजर शर्माले बताए । कम्पनीले आफ्नो व्यवसाय प्रवद्र्घन गर्नुका साथसाथै शैक्षिक, खेलकुद, सामाजिक सेवाका क्षेत्रमा सहयोग पु¥याउँदै आएको कम्पनीका जनसम्पर्क अधिकृत सरस्वती वस्यालले बताईन् । 

यस अघि कम्पनीले बुटवल, वितामोड, दमक, हरिवन, नारायणघाट, पोखरा, नेपालगन्ज, सुर्खेतमा विविध साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । सिरहाको लहान बजारमा रहेको सिरहाकालागि आधाकारिक बिक्रेता शुभ लक्ष्मी सप्लार्य एण्ड  ट्रेडर्स लहान नगरपालिका १ ट्राफिक चोकबाट शहिद रमेश महतो पार्क हुदै ग्रामिणचौक, दुर्गा मन्दिर, हस्पिटल चौक हुदै पुनः शुभ लक्ष्मी सप्लार्य एण्ड ट्रेडर्समा पुगेर समापन गरिएको हो । शुक्रबार सिरहाको गोलबजार, मिर्चेया, बन्दीपुर, कल्याणपुर, सिरहा सदरमुकाम, माडर, बिष्णुपुर हुदै लहान बजारको शहिद रमेश पार्कमा पुगेर समापन गरिने कम्पनिका एरिया म्यानेजर मेघराज रिजालले बताए ।करेन्ट तयारी चाउचाउ ७५ ग्राममा उपलब्ध हुने उक्त चाउचाउको खुद्रा मुल्य १८ रुपैया रहेको छ ।

 कम्पनिले यस अघि लालीमा तयारी चाउचाउ, जुपी तयारी चाउचाउ १५ देखि २० रुपैयामा बिक्रि वितरण गर्दै आएको कम्पनिका एरिया म्यानेजर रिजालले बताएकाछन् । त्यस्तै कम्पनिले ओपो तयारी चाउचाउ, गोलू तयारी चाउचाउ र चिजबल समेत उत्पादन गर्दै आएको छ । सिरहाका लागि अधिकृत बिक्रेत शुभ लक्ष्मी सप्लायर्स एण्ड ट्रेडर्स लहान १ का प्रोपराइटर राम चन्द्र ढोकनीया (अग्रवाल)को स्थानीय व्यवस्थापनमा प्रदर्शनी गरिएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.