शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोयल सफ्टेक कलेज द्वारा विदाई कार्यक्रम सम्पन्न
चैत्र १८, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र १८ - 
लहानमा अवस्थित रोयल साटेक कलेजमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले आफु भन्दा सिनियर विद्यार्थीहरुको सम्मानमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई फरेवेल कार्यक्रमको आयोजना गरि विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन्। सफ्टेक कलेजका संस्थापक अध्यक्ष रेणु देवी साह र संस्थापक प्रमुख डाक्टर महादेव साहको अध्यक्षता तथा ओशो मधुर्य ज्ञान केन्द्रका संस्थापक प्रमुख ज्ञान साहीको प्रमुख आतिथ्यमा भएको उक्त विदाई तथा सम्मान कार्यक्रका अतिथिहरुमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख , संचारकर्मी लाल बिहारी यादव , विद्यार्थी नेता अशोक चौधरी , स्वामी राम मुरारका , सफ्टेक कलेजका संस्थापक सदस्य ब्रहम देव मण्डल , वसन्त साह , गाढा विद्यालय समितिका अध्यक्ष शत्रुधन मण्डल , छरापट्टी मविका प्रअ अरविन्द दास , अनिल कर्ण , एपेक्स एजुकेशनल एकेडमीका प्रमुख भरत साह लगायत कक्षा ११ र १२ मा अध्यनरत सैयौ छात्रछात्राहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले भन्नु भयो - देशमा संविधान लागू भएसँगै तीन तहको सरकारको निर्माण समेत सम्पन्न भएको छ । अब हाम्रा अगाडि विभिन्न अवसर र चुनौती देखा परेका छन् । सबै संरचना नयाँ बन्दै जाने प्रक्रियामा विद्यालय शिक्षा र विशेषगरी सार्वजनिक र निजी शिक्षाको विषयमा पनि गहन रूपमा विश्लेषण हुनु जरुरी छ । शिक्षासम्बन्धी प्रावधान संविधानको भाग ३ को धारा ३१ को उपधारा १ देखि ५ सम्म तथा भाग ४ को राज्यका निर्देशनात्मक सिद्धान्त, नीति एवं दायित्वहरूअन्तर्गत उल्लेख छ । त्यसैगरी राज्यको नीतिअन्तर्गत धारा ५१ को उपधारा १ देखि १३ मा निजी क्षेत्रलाई समेट्ने गरी अर्थ, उद्योग र वाणिज्य नीतिअन्तर्गतको व्यवस्थाले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थालाई आकर्षित गरेको छ ।

संघीय नेपालमा शिक्षाको आवश्यकता, उद्देश्य, नीति, कार्यनीति योजना कस्तो हुने स्पष्ट हुनुपर्छ । राज्यका तीनवटै तहमा शिक्षा व्यवस्थाको तह–संरचना, अधिकार, दायित्व कस्तो हुने अहिले सम्म किटान भएको छैन । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको वक्ताहरुको जोड रहेको थियो । पाठ्यक्रम, पाठयपुस्तक, पठन–पाठन प्रणाली, अनुगमन, सम्बन्धन, मूल्यांकन, गुणस्तरीय मापन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समकक्षता आदि विषयमा स्पष्ट नीति नियम तर्जुमा गर्न ढिलाइ गर्नु हुँदैन । संविधानले व्यवस्था गरेअनुसार आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा सम्म नि:शुल्क गरिनेबारे सबै बालबालिकालाई हुने, गरिब एवं पछाडि परेका समुदायलाई हो वा सरकारी विद्यालयमा मात्र पढ्ने विद्यार्थीलाई हो स्पष्ट हुनु जरुरी रहेको गुनासो पोख्नु भएको छ ।

आधारभूत शिक्षा, माध्यमिक शिक्षा एवं उच्च शिक्षाको सञ्चालन विधि कस्तो हुने ? प्राज्ञिक, प्रशासनिक, आर्थिक व्यवस्थापन कसले कसरी गर्ने ? संविधानमा उल्लेख भएबमोजिम अर्थतन्त्रको तीनखम्बे नीतिअनुसार राज्य, निजी तथा सहकारीले गर्नुपर्ने अहिलेको आवस्यकता रहेको र निजी क्षेत्रको भूमिका, दायित्व र योगदान कसरी गर्न सकिन्छ कानुनी रूपमा किटान अहिले सम्म पनि स्पष्ट न भएको वक्ताहरुले बताएका छन्।

रोयल सफ्टेक कलेजमा अध्यनरत विद्यार्थीहरु मध्ये अहिले सम्म ५० जना भन्दा इन्जिनियर , २० जना भन्दा बढी डाक्टर , बिएससी नर्सिङ्ग २ जना लागत शिक्षा क्षेत्र , पत्रकारिता क्षेत्र , प्रशासनिक क्षेत्रमा कार्यरत रहेका छन्।कार्यक्रमा कक्षा ११ मा अध्यनरत छात्रछात्राहरुले चेतना मुलक नाटक सहित विभिन्न संस्कृतिक कोसेलीहरु प्रस्तुत गरेका थिए । उद्घोषण शिक्षक देव नारायण यादवले गर्नु भएको थियो। भने स्वागत मन्तव्य शिक्षक बज्र मोहन अधिकारीले राख्नु भएको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.