शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने
चैत्र १८, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र १८ - 
नयाँ वर्षको अवसरमा २०७५ बैशाख ५ गते देखि  सिरहाको लहानमा वडा अधक्ष कप वडा स्तरीय टि–टवान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । लहान नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा हुन लागेको प्रतियोगितामा सो नगरपालिकाका वडा नं. १ देखी २४ सम्मका स्थानिय वडा स्तरका  क्रिकेट  खेलाडीहरुको सहभागिता रहनेछ । २४ वटा टिमको सहभागिता रहेने उक्त क्रिकेट प्रतियोगीतामा स्थानिय युवाहरु लाई लक्षित गरि  क्रिकेट खेलप्रति रुची बढाउन र क्षमता विकास गर्ने उदेश्यले वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागीएको आयोजक लहान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभएकोछ । 

सिरहा क्षेत्र नं. ४ प्रतिनिधि सभाका सांसद तथा पुर्व सुचना तथा संचार मन्त्री राजकिशोर यादवको प्रमुख आतिथ्यमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च ३ लाख ८० हजार ७ सय रहेको छ भने २ लाख वडा अध्यक्ष महतोले आफ्नो कोष बाट खर्च गर्ने बताएका छन् ।  प्रतियोगितामा हुने बाकि खर्च बिभिन्न संघसंस्था र बिज्ञापन बाट आउने बताए।प्रतियोगिताको मिडिया पाटनर शेख मिडिया हाउस प्रालि लहान ८ रहेको छ।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.