फिरोज शेख लहान २०७४ चैत्र २० -
सिरहाको लहानमा अवस्थित महिला पूर्णस्थापना केन्द्र ( ओरेक ) ले २७औ ओरेक डे स्थापना दिवसको अवसरमा "हानीकार परम्परागत अभ्यास विरुद्धको अभियान " विषय अन्तर्गत सोमबार लहानको मारवाडी सेवा सदनमा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रीक्मा विश्वकर्माको अध्यक्षता , लहान नगरपालिका उप -प्रमुख तथा न्यायिक समितिका अध्यक्ष सरियार चौधरीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दको विशिष्ट आतिथ्यमा भएको ओरेक डे स्थापना दिवसको अवसरमा भएको उक्त कार्यक्रममा लहान नपा २४ का वडा अध्यक्ष कमलदेव यादव , वडा नम्बर ९ का प्रदिप चौधरी , पत्रकार महा संघ सिरहाका सभापति दिनेश्वर गुप्ता , वरिष्ट पत्रकार विजय मिश्र , अग्रज पत्रकार मिथिलेश यादव , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,संचारकर्मी तथा निजामती कर्मचारी दिलिप सिंह ,सिरहा जिल्ला इन्सेक प्रतिनिधि दुर्गा परियार , अन्पूर्णपोष्टका सिरहा संवाददाता शम्भु यादव , नियुज 24 का संवाददाता महेश सिंह , महिला अधिकारकर्मी रेणु कर्ण , गंगा अधिकारी , वार एशोसिएशन सिरहाका ओम कुमारी साह लागायत विभिन्न संघ संस्थाका प्रतिनिधि , मानवाधिकारकर्मी , युवायुवती लगायत महिलाहरुको अतिथ्यमा सम्पन उक्त अन्तरक्रिया कार्यक्रमा महिला सम्वन्धी हुने विभिन्न घटनाहरु वालविवाह , दहेज प्रथा , घरेलु हिँसा , बालत्कार , योन सोसन , बोक्सी प्रथा , सम्बन्ध विच्छेदका विषयमा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रमा वक्ताहरुले आ-आफ्नो शुभकामा मन्तव्य राख्ने क्रममा ओरेक लाई २७औ स्थापना दिवशको शुभकामा दिदै भन्नु भयो - राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताकाआधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यही भएर आज भोलि घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेखनीय छ ।आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरू बाट महिलाहरू वन्चित छन् ।
महिलाको मानव अधिकारको उल्लङ्घनको प्रमुख विषय महिला माथिको हिंसा पनि हो । त्यसमा पनि दाइजो प्रथाका कारण महिलामाथि अत्यधिक हिंसा हुने गर्दछ। तराईमा त परम्परा र लोकलाजका कारण धेरै जसो दाइजोका नाममा हुने हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् । घटना सार्वजनिक गर्दा महिलाले थप मानसिक तथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सृजना हुने हुँदा दहेजका कारण हुने हिंसाका घटना बाहिर आउँदैनन् ।दाइजोको कारण परिवारबाट हिंसाको शिकार बन्नुपर्दा महिलाले ज्यानै गुमाएका घटनाहरू पनि बेला बखतमा सार्वजनिक हुने गरेको छ । घर निकाला गरिनु, जीउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवार बाट शारीरिक तथामानसीक यातनाको शिकार बन्नु हिंसा पीडित महिलाको नियति बन्ने गरेको छ ।
आधुनिक विज्ञानको विकाश सँगै नयाँ पुस्तामा आएको सचेनताका कारण यसलाई थोरै चिर्न खोजिए पनि परम्परागत मान्यता र अन्धविश्वासका कारण सदियौँ देखि जरा गाडेर रहेको बोक्सी प्रथा समाजमा अद्यावधिकायमै छ । बोक्सीको आरोपमा महिला माथि हुने ज्यादतीका घटना मानवअधिकार आन्दोलनका लागि समेत चुनौती बन्ने गरेको छ ।
पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँ देखि विभेदको शिकार हुँदै आएका नेपाली महिला उपर हुने ज्यादतीको क्रममा प्रयोग हुने शब्द हो बोक्सी । केही अपवाद बाहेक कुनै पनि पुरूषलाई बोक्सी भनिँदैन । बोक्सीको आरोपलाग्ने हरू प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन् । अझ एकल महिलाहरू यसको बढी शिकारहुन्छन् । अर्थात आर्थिक रूपले विपन्न त्यसमा पनि एकलमहिलाहरू बोक्सीको आरोपमा प्रताडित हुने गरेको छन्। रूपले सुन्दर, पढेलेखेका, र सम्भ्रान्त परिवारका कुनैपनि महिलालाई बोक्सी भनिएको एउटा पनि उदाहरण छैन।
समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् र महिलामाथि हुनेहिंसाका घटनामा कमी आउन सकेको छैन । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कारको रूपमा रहेको विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल बिबाह प्रथाको , तराइ मधेशका नारीहरुका लागि "हानीकार परम्परागत श्राप बनेका दहेज प्रथा अन्त्यगरिनुपर्छ । त्यसका लागि महिला हिंसा विरूद्ध बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको व्यवहारिक कार्यान्वयन सँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरूद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडाकारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कमगर्न सकन्छ भन्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।
वर्तमान अवस्था लाई नियालेर हेर्ने हो भने महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन । घरको काममा अल्झाई राख्ने, वस्तुभाउहेर्न पठाउने गर्नाले पुरूषको तुलनामा महिला अशिक्षित छन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार रअस्तित्ववाट विमुख हुनु परेको छ । शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् । हिंसा घरैबाट उत्पन्न हुने गरेको छ। यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ । महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ ।पुरूष प्रधान समाज र परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाईजो नल्याएका कारण यातनासहनु परेको उदाहरण थुप्रै भइसकेका छन् । बोक्सीको आरोप लगाएर घर निकाला गरेका घटना सिराहाका महिलाले सहने गरेका छन् । बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, चेलीबेटी बेचविखन रओसारपसार, यौन शोषणलगायतका हिंसाले तराइ मधेशको समाज अछुतो रहेको छैन । हिंसाका विरूद्ध जव सम्म प्रभावकारी कानून लागू हुँदैन तबसम्म न्याय र मुक्ति मिल्दैन ।
दोहोरो जिम्मेवारी बहन गर्ने महिलाको अधिकारलाई मानवअधिकारका रूपमा सुनिश्चित गर्न सके हिंसा स्वतःनिर्मुल हुन्छ भन्न दुईमत छैन । महिलाले पनि आफुलाई साँघुरो घेरा भित्र राख्न खोज्नु हुन्न । हजारौँ. वर्षौसामन्ती विचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोचको दिमाग परिवर्तन गराउन महिलाहरू पनि एक हुनुजरूरी देखिन्छ।
महिला पूर्णस्थापना केन्द्र ( ओरेक ) वि .स .२०४७ साल चैत्र १९ गते काठमान्डौमा स्थापना भई २०५७ साल देखि निरन्तर सिरहा जिल्लामा महिला अधिकार ,सामाजिक न्यायका लागि महिला हिंशा विरुद्धको अभियान र आर्थिक तथा सामाजिक अधिकार संगै महिलावादी सोचले अधिकारमुखी अवधारणा अनुरुप विगत लामो समयदेखि कार्यगर्दै आएको छ।हिँसा प्रभावितहरुको सशक्तिकरण संगै न्यायमा पहुँचका लागि समेत पैरवी गर्दै कानुनि सहयोग , सुरक्षित आवास र परामर्श सेवा उपलव्ध गराउदै आइरहेको छ। यसै सन्दर्भमा ओरेक डे को अवसरपारी जनवरी २०१४ देखि डिसेम्बर २०१६ सम्म संचालन भएको दाइजो विरुद्धको अभियानलाई यस वर्ष बाट पुन : निरन्तरता दिने उदेश्यका साथ सिरहा जिल्लामा हानिकारक परम्परागत अभ्यासका विरुद्ध अभियान लहान नगरपालिकामा संचालन हुने ओरेकका जिल्ला संयोजक सुनिल कुमार साहले जानकारी दिएका छन्।
यस अभियान अन्तर्गतका युवा तथा महिला समुहहरुको नेतृत्व विकासमा सहजीकरण , नीतिगत परिवर्तनका लागि स्थानीय तथा प्रदेश स्तरिय संवाद , प्रभावितहरुको आर्थिक सशक्तिकरणका लागि विभिन्न सिपमुलक तालिम तथा जीविकोपार्जनमा सहयोग , प्रभावितहरुको आर्थिक सशक्तिकरणका लागि विभिन्न सिपमुलक तालिम तथा जीविकोपार्जनमा सहयोग , घटना अभिलेखिकरण र तथ्यमा आधारित पैरवी , हानिकारक परम्परागत अभ्यास विरुद्ध सचेतनामुलक कार्यक्रम (रेडियो कार्यक्रम, सडक नाटक, प्रर्दशन, स्कुल शिक्षा, वक्तित्वकला प्रतियोगिता, जातीय माइन्जन , धार्मिक गुरुहरुसंग सम्वाद तथा वडा भेला) , परिवर्तनका संवाहक÷रोल मोडलहरुको पहिचान र सम्मान , हानीकारक अभ्यास विरुद्धको अभियान सहजीकरणका लागि स्थानीय तथा जिल्लागत संजालीकरण र प्रभावितहरुको न्यायमा पहुच अभिबृद्धिका लागि मनोपरामर्श, कानुनी तथा सुरक्षित आवास सहयोग लगायतका कार्यक्रमहरु रहेका छन्।