शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मउन्टेजलाई हराउदै एपिएफ काठमाण्डौ बिजयी
चैत्र २१, २०७४ | फिरोज शेख

लहान २०७४ चैत्र २१ - 
अन्तर प्रदेशीय स्तरीय खुल्ला भलिवल प्रतियोगितामा माउन्टेज ओभरसिज झापालाई हराउदै एपिएफ काठमाण्डौ प्रथम पुरस्कार हात पार्न सफल भएको छ । सृजना सामूदायिक पूस्तकालय लहानको आयोजनामा सम्पन्न प्रतियोगितामा माउन्टेज झापालाई तिनै सेटमा हराउदै प्रथम पुरस्कार एक लाख २५ हजार एपिएफले  जित हात पारेका थिए भन्ने क्रमशः   माउन्टेज ओभरसिज झापाले ७५ हजार र तृतीय पुरस्कार क्षेत्र नम्वर १ प्रहरी रानीले २१ हजार पाएको थियो  । एपिएफ काठमाण्डौका जर्सी नम्वर ६ का खेलाडी बलिराम चौधरी म्यान अफ द म्याच घोषित भएको थियो । 

१६ गतेलदेखि संचालित प्रतियोगितामा प्रदेश नम्वर १ , २ र ३ का गरि आठ भलिवल टिमले भाग लिएका थिए भन्ने प्रतियोगिताको लागि दुई लाख रासी मन्सा कन्ट्रक्शन काठमाण्डौले सहयोग गरेको आयोजक सृजना सामूदायिक पूस्तकालयका अध्यक्ष खडग नारायण चौधरीले बताउनुभयो । बिजेता टिमहरुलाई सिरहा १ प्रदेश सभ क का प्रदेश सभा सदस्य लगनलाल चौधरीले नगदी पुरस्कार सहित शिल्ड वितरण गर्नु भएको सरगम सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन्  ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.