शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हत्या गरिएको अवस्थामा एक महिलाको शव बोरामा फेला , तिन
चैत्र २१, २०७४ | सरगम खबर समाचारदाता

महोत्तरी २०७४ चैत्र २१ - 
महोत्तरीमा एक महिलाको हत्या गरिएको अवस्थामा शव बोरामा फेला परेको छ । मटिहानी नगरपालिका ४ मा मटिहानी नगरपालिका २ बस्ने ३० वर्षीया पुनमदेवी दासको हत्या गरी शव जुटको बोरामा राखेर फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दासको शव जनकपुर मटिहानी सडकखण्डमा गएराति १ बजेतिर सडक किनारमा जुटको बोरा भित्र राखेर फालिएको अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख कुबेर कडायतका अनुसार मंगलबार अपरान्ह ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा आफन्तले जानकारी गराएका थिए । प्रहरीको विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु लाई अनुशंधाको लागि राखेको हुनाले अनुशंधन्मा बाधा पुग्ने भनि नाम भने खुलाइएको छैन ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.