शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विकास ट्रेडर्समा भएका बम विष्फोटको छानबिन सुरु
चैत्र २३, २०७४ | फिरोज शेख

लहान २०७४ चैत्र २३ - 
सिरहाको लहान बजारमा चैत्र ९ गते शुक्रबारका दिन विकास ट्रेडर्स, सुनचाँदी पसलमा भएको बम विष्फोट घटना बारे संसद भवनमा सिरहा क्षेत्र १ बाट निर्वाचित सांसद प्रदिप गिरीले उठाएको मुद्दाले स्थान पाएको छ। बम विष्फोट घटनाको छानबिन गर्न प्रदेश २ का गृहराज्य मन्त्रि सरोज कुशवाहको संयोजकत्मा छानविन समिति गठन गरिएको छ। सोहि बम घटना बारे बुझन र अनुसन्धान गर्न शुक्रबार मन्त्रि सरोज कुसवाहा सहितको टोलि शुक्रबार घटना स्थल सुनचांदी पसलमा पगी संचालक विकाश सारडा र विष्फोटमा परि घाइते भएकाहरु संग भटने क्रममा घटना दुःखद रहेको भन्दै प्रदेश २ का गृहराज्य मन्त्रि  कुशवाहा शान्ति सुरक्षा र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्। शान्ति सुरक्षाका लागि कसैसँग सम्झौता नहुने उनले बताए । गल्ती गर्ने अपराधी जो कोहि भएपनि अब छुट पाउँदैन् । अपराधीलाई कानूनको दायरामा ल्याउँछौँ ।’ प्रदेश सरकारले जनताको समस्या र गुनासो सुन्नको लागि ‘मुख्यमन्त्री हेल्पलाइन’ नम्बर र गाउँ–गाउँमा ‘जनताको कहचरी’ सुरु गर्न गइरहेको गृहराज्य मन्त्री कुसवाहाले जानकारी दिए । 

 बम विष्फोटमा परि लहान ७ निवासी विकाश ट्रेडर्सका संचालक विकाश सारडा सहित उनका भाई राहुल सारडा , पसल मै काम गर्ने लहान ९ बस्ने अनुशिता कुमारी चौधरी , लहान ११ बस्ने विनिता कुमारी चौधरी , सुनचांदी खरिद बिक्रि गर्न आएका ग्राहकहरु मध्ये सिरहा मझौरा बस्ने सिकिन्दर यादवको पत्नी देव कुमारी यादव र ७ वर्षीय वालक सतिश यादव , माधोपुरकी वविता यादव र सप्तरीकी मोनिका देवी राम घाइते भएका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.