शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राजा सलहेश पुस्तक प्रदेश प्रमुख कायस्त द्वारा विमोचन
चैत्र ३०, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत ३० गते शुक्रबार - 
 सिरहाको लहानमा राम भरोसी कापर भ्रमर द्वारा रचित मिथिलाक सपूत ः राजा सलहेश नामक पुस्तक एक कार्यक्रम विच प्रदेश नम्वर २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायसत द्वारा विमोचन गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि प्रमुख कायस्तले सलहेशका जानकारहरुको धारणामा नभएको भन्दै समानता हुनुपर्ने सुझाव दिएका छन्। विमोचन गरिएका पुस्तकको बारेमा बोल्दै भन्नु भयो केहि जानकारहरुले एउटा टेवलमा राजा सलहेशको जीवनमा यस्तो भएको होला उस्तो भएको होला भन्दै गयो लेख्दै गयो। पुस्तकको लेखाइ र शैलीमा ध्यान दिनु पर्ने सुझाव दिदै सलहेशको गाथा र कथा लाई पर्यटन विकास गर्न प्रदेश सरकारले काम गर्ने विश्वास दिलाउनु भयो। सलहेसको मिहिमा र गाथा लाई उजागर गर्ने हो भन्ने समाजिक छुवाछुतको भावना हटनुको साथै सामाजिक सदभाव र एकताको सन्देस प्रवाह भयो भने विकासले गति लिनेमा उहाँले  जोड दिनुभयो ।पुस्तक माथि मैथिलि साहित्यकार चन्देश , डा. महेन्द्र नारायण राम , बुचर पासवानले समालोचना गर्दै पुस्तक सलहेशको महिमा र बास्तविकता जनमानस समक्ष पुरयाउन भूमिका खेलेको बताउनु भयो। 

सलहेश लाई पर्यटन प्रवर्धन गर्न विकास समिति जनकपूरका अध्यक्ष मागैन कामैतले पर्यटन र कृषिकै माध्यम वाट मुलुकको समृद्धिको सपना सकार हुने भएकोले सलहेश फूलवारीमा पर्यटक भित्रयाउन र डलर आर्जन गर्ने गरि प्रदेश सरकार ,स्थानीय तहले काम गर्नुपर्ने बताउनु भयो।

यसै बीच लहान नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका अध्यक्ष सरियार चौधरीले सलहेश फूलवारी , मानिक दह , पतारी ,ब्रम्हान जंगल , पकडीया गढ , काव्रे महादेव स्थान र राजदेवी मन्दिरको विकाश र प्रवर्धन गर्न नगरपालिकाले विभिन्न योजना यस आर्थिक वर्षमा सडक निर्माण र सलहेश सर्किट निर्माणको लागि नगरपालिकाले बजेट छुटयाएकाले अब कुरा भन्दा काम गरेर देखाउने वेला भएको हुँदा सवै मिलि विकास कार्यमा लाग्नु पर्ने बताए। विमोचन कार्यक्रम लहानको मुटुमा अवस्थित विशाल होटलको सभा हलमा विहिबार साँझ सम्पन्न भएको हो।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.