शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राष्ट्रिय आर्थिक गणना सुरु
बैशाख २, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २ - ‘

दिगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना २०७५’ नारा सँगै लहान र सिरहामा पहिलो राष्ट्रिय आर्थिक गणनाको सुरुवात गरिएको छ।पहिलो आर्थिक गणनामा लहान ८ बाट पहिलो सहभागिता युनिक स्टार एजुकेशनल एकेडमीका संचालक रतनेश्वर प्रशाद यादव र सिरहा बाट व्यापारी किशोर फर्निचरका प्रोपाईटर रामदेव ठाकुरले सहभागिता जनाएका छन्। सहभागी पहिलो दुवै रतनेश्वर प्रशाद यादव र रामदेव ठाकुरलाई माला लगाएर स्वागत गरिएको छ । जिल्ला निमित प्रमुख सोम प्रसाद भट्टराई , आन्तरिक राजस्वकार्यलय लहानका प्रमुख गोविन्द अधिकारि , घरेलु तथा साना उधोग कार्यलयका लक्ष्मी पौडेल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,सिराहाका वडा अध्यक्ष उपेन्द्र साह लगायतको उपस्थिति उपस्थितिमा लहानमा सोम प्रसाद भट्टराई र सिरहामा वडा अध्यक्ष उपेन्द्र साहले यादव र ठाकुरलाई माला लगाई आर्थिक गणनामा सहभागिता जनाएकोमा धन्यवाद दिएका थिए। २०७५ साल वैशाख १ देखि ३१ जेठसम्म हुने आर्थिक गणनाका लागि जिल्ला आर्थिक गणना कार्यालय सिरहाले ४९ जना गणक परिचालन गरेको छ । जिल्लामा रहेका सवै व्यावसायिक प्रकृतिका एकाईहरुको गणना गरिने कार्यालय प्रमुख पवन ठाकुरले जानकारी दिएका छन्।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.