शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
"जवरजस्ती करणी , अपराध तथा अनुसंधान अभियान-२०७५" को शुभारम्भ
बैशाख २, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २ - 
महिला माथि हुने विभिन्न घटनाहरु लाई नियुनिकरण गर्न जिल्ला प्रहरी कार्यलय सिरहाले   "जवरजस्ती करणी अपराध तथा अनुसंधान अभियान-२०७५" को शुभारंभ गरेको छ।  नव वर्ष २०७५ को सुरूवात संगै जिल्ला प्रहरी कार्यालय, सिरहाद्वारा मानवअधिकार : महिलाअधिकारका क्षेत्रमा कृयाशिल मानवअधिकार संरक्षण केन्द्र ( संजाल), महिला मानवअधिकार रक्षक संजाल,महिला पुनर्स्थापना केन्द्र (ओरेक), दलित जनकल्याण युवा क्लब,मुक्ति नेपाल, ईन्सेक, समग्र जन उत्थान केन्द्र, सर्च फर कमन ग्राउंड लगायत संस्थाहरू संगको सहकार्यमा संचालित तिन महिने "जवरजस्ती करणी अपराध तथा अनुसंधान अभियान-२०७५" को शुभारंभ सनिबार सिरहाको ऐतिहासिक स्थल सलहेस फुलवारी मेलाबाट गरेका छन् ! यो सचेतनामुलक अभियान तिन महिनासम्म सिरहा जिल्लाको भित्रि ग्रामीण क्षेत्र र शहर केन्द्रीत भई संचालन गरिने छ ! अभियान अंतर्गत पर्चा, पम्पलेट, र्याली, विधालय शिक्षा, कानूनी अभिमुखिकरण,सडक नाटक, रेडियो कार्यक्रम,स्थानीय सरकार संग अन्तरकृया, घर दैलो कार्यक्रम,किशोरी आत्म सुरक्षा सम्वन्धि प्रदर्शन, हिंसा प्रभावितहरू लाई न्यायिक उपचारका लागि पैरवी लगायतका गतिविधिहरू तय गरिएको जिल्ला प्रहरि कार्यालय सिरहाका प्रहरि नायव उपरीक्षक राजन भेटवालले अभियानको आरम्भ गर्दै जानकारी दिनुभएको छ !

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.