शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उतरलौ अहाँ चाँन बनी " गीति भिडियो सार्वजनिक
बैशाख ४, २०७५ | सरगम खबर समाचारदाता

फिरोज शेख लहान २०७५ बैशाख ४ - 
मिथिला साहित्य कला प्रतिष्ठानको प्रस्तुति मैथिली एलवम 'दिलचोर्नी' को पहिलो गीती भिडियो सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।सिरहाको लहानमा अवस्थित हिमालयन विद्या निकेतनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा मैथिली संगीत-जगतका वरिष्ठ गायक चन्द्रकिशोर चौधरीको प्रमुख आतिथ्यमा  'दिलचोर्नी' एलवमको पहिलो गित " उतरलौ अहाँ चाँन बनि " को गीति भिडियो सार्वजनिक गरिएको छ। रेडियो सरगम ९३ मेगाहर्जमा कार्यरत गायक: श्रवण यादव ( स्नेही ) र गायिका: ज्योती विश्वकर्माको कर्ण प्रिय स्वरमा सजाइएको " उतरलौ अहाँ चाँन बनि " का गीतकार:विद्यानन्द वेदर्दी  रहेका छन् भने शैलेन्द्र विश्वकर्माले आफ्नो संगीतले सजाएका छन्। Youtube Channel ' I Love Mithila ' मा मार्फत सार्वजनिक गरिएको उक्त गीति भिडियोमा वास्तविक जीवनमा जीवनसाथि रहेका अमृत लाल चौधरी र मन्जु चौधरीले अभिनय गरेका छन्।जसमा निर्त्य निर्देशन श्याम सिंह , छायांकन प्रेम राउतको रहेको छ। 


कार्यक्रममा उपस्थित दर्जनो रेडयोकर्मी, संचारकर्मी , संगीतकर्मी , साहित्यकर्मी लगायतले शुभकामना मन्तव्य दिदै मैथिली कला क्षेत्रमा युवाहरुको उत्साह राम्रो रहेको भन्दै हाल निर्माण भईरहेको फिल्म तथा म्युजिक भिडियोहरुमा थप मौलिकता ल्याउनुपर्नेमा जोड दिए । एक पछि अर्को गरी नयाँ मैथिली गीत सङ्गीत आईरहने क्रमले तिब्रता पाउँदै गएपछि अश्लील वा द्वैअर्थी गीतहरु विस्थापित भई मैथिलीले पक्कड बनाउँदै गएको कुरामा जोड दिएका छन्। 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.