फिरोज शेख लहान २०७५ बैशाख ६ -
सिरहाको लहानमा लहान वडा नम्बर ८ द्वारा संचालित टि–२० क्रिकेट प्रतियोगिता अनतर्गत वडा अध्यक्ष कप २०७५ बुधबार देखि सञ्चालन भएको छ ।वडा अध्यक्ष विजय कुमार महतोको अध्यक्षतामा आयोजित विशेष कार्यक्रमका बीच पुर्व सुचना तथा संचार मन्त्रि तथा सिराहा ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राज किशोर यादवले उद्घाटन गर्नु भएको छ । प्रमुख अतिथि राज किशोर यादवले कुनै पनि खेलमा अनुशासनको धेरै भूमिका रहेकोले युवाहरुका लागि पढाईसँगै खेलकुद आवश्यक रहेको बताए । लहान नगरपालिका भित्र रहेका प्रतिभावान खेलाडीलाई राष्टिय स्तरको खेलहरुमा सहभागी गराउन मैले खेल्नुपर्ने भूमिका बाट कहिले पछि न पर्ने प्रतिवद्धता जनाउनु भएको छ।
लहान नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा भइरहेको प्रतियोगितामा १,३,४,५,६,७,८,१०,११,१३,१७,१९,२०,२१,२२ र २३ गरि १६ वडा सहभागी भएका छन्। उद्घाटन खेलमा वडा नम्वर ४ विजय भएको छ। वडा नम्बर ६ लाई ६१ रनले पराजित गर्दै वडा नम्बर ४ ले विजय शुरुवात गरेका छन्।
टस जितेर पहिला ब्याटिङ गरेको वडा नम्बर ४ ले १८ ओभरमा सबै विकेट गुमाई १५२ रन बनाएको थियो। उसका लागि म्यान अफ द मायाच भएका किरण मुखियाले ३७ रन बनाई ३ विकेट हात पारेका थिए। जवाफी ब्याटिङ गर्न आएका वडा नम्बर ६ ले सबै विकेट गुमाई ९१ रन मात्र बनाउन सक्यो।
यसै बीच आज बिहिबार प्रतियोगिता अन्तर्गत २ खेल हुदैछ। पहिलो खेल विहान ८ बजे वडा नम्बर १ र ३ बीच त्यस्तै दिनको १ बजे वडा नम्बर ५ र ७ बीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा अन्तर्गत पहिलो हुने वडा लाई २५ हजार नगद , शिल्ड ,मेडल संगै प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने वडा लाई नगद १५ हजार सहित शिल्ड मेडल , प्रमाण -पत्र प्रदान गरिने छ । वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि लहान ८ रेडियो सरगम ९३ मेगाहर्ज रहेको छ।