शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीको ब्रहमपुरकी दलित महिला विभिन्न आयमुलक तर्फ आकर्षित
बैशाख ८, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी २०७५ बैशाख ८ ।
सप्तरीको साबिक ब्रहमपुर गाविसका अति विपन्न दलित महिलाहरु बाख्रापालन सहित विभिन्न आयमुलक कार्य गर्न थालेका छन । यस्ता आयमुलक कार्यको आम्दानीले ती महिलाहरुको दैनिकी जीवनशैलीमा समेत परिवर्तन आएको छ ।साबिक ब्रहमपुर गाविस हाल डाक्नेश्वर नगरपालिका ९ का दलित महिलाहरु बाख्रापालन, प्याजखेती, तरकारी खेती, व्यापार व्यवसाय गर्न थालेका छन । चार वर्ष अघिदेखि ३० जना महिलाको समुह बनाएर समुहमा आबद्ध महिलाहरु यस्ता आयमुलक कार्य गर्न थालेका छन । वार्डमै गठन गरेको राजाजी सामुदायिक समुहमा आवद्ध ब्रहमपुर गाविस–९ मझौराकी समतोलिया देवी सदाले ४ वटा पाठीबाट शुरु गरेको बाख्रापालनले २ खसी, १ पाठी र २ बाख्री गरी ७ वटासम्म पु¥याएको छ । गरीवी निवारण कोषको सहयोगमा राजाजी सामुदायिक समुहबाट लिएको रु.१७ हजार ऋणले थालिएको बाख्रापालनमा भएको खसी बेचेर दोब्बर आम्दानी गरेको समतोलीयाले बताउँदै बाख्रापालनको आम्दानीबाट छोराछोरीको लत्ताकपडा, किताब, कापी, कलम जोहो गर्न सहज भएको बताइन । बाख्रापालन गनर्’ अघिसम्म पैसाको अभावले छाक टार्न चामल मात्र किन्न निकै धौ–धौ हुने गरेको भन्दै उहाँले अहिले ती समस्या टरेर गएको बताइन । यस्तै सोही समुका चनरदेवी सदाले प्याज खेती गरेर मनग्य आम्दानी गरेको छ । प्याज र खुर्सानी खेतीबाट कमाइ गरेको रकमले आधा वर्ष पुग्ने गरेको बताउछिन । एक छोरा, २ छोरीकी आमा चनरदेवीले प्याजखेतीको आम्दानील छोराछोरीलाई बाल श्रम गर्नबाट छुटाएर स्कुल पठाउन थालेको उहाँले बताउनुभयो । 

उहाँसँगै विभिन्न समुहमा आवद्ध प्रमिलादेवी सदा, जीवनकलादेवी बिक, बबिता पासमान, मञ्ज’देवी पासमान सहित ४३० जना महिला स्वआयआर्जन गरी दैनिकी जीवनमा परिवर्तन गरेको बालअधिकार तथा वातावरण समाज (क्रेस) नेपाल सप्तरीका अध्यक्ष उपेन्द्र साहले जानकारी दिनुभयो ।  क्रेस नेपालको माध्यमबाट गरीवी निवारण कोषले ब्रहमपुर, पातो र कबिलासा गाविसका अति विपन्न गरिब सामुदायका महिला समुहमा लगानी गरेपछि महिलाहरु समुहमा आवद्ध भएर स्व आयआर्जन तर्फ लागेको उहाँले बताउन’भयो । विभिन्न समुहमा आवद्ध महिलाहरु गाईपालन, कुखुरापालन, गोरुपालन, बाखा्रपालन, भैसीपालन, तरकारी खेती गर्दै आएको जानकारी दिदै कार्यक्रम संयोजक महेश साहले यसले गाउँ टोलमा गफिएर बसेका महिलाहरु अब आयआर्जन बृद्धिकै बारेमा बढी छलफल गर्ने गरेको बताउनुभयो । दलित विपन्न महिलाहरु स्व आयआर्जन गरेर आफ्नो बानी व्यवहार, रहनसहन, पहिरनमा समेत परिवर्तन गरेको ब्रहमपुर गाविसका सचिव जगधर ठाकुरले बताउदै भन्नुभयो–ज्ञान सीप र पुँजीको अभावमा घरभित्र गुसिएका महिलाहरु स्व आयआर्जनमा निकै सक्रिय भएको छ । महिलाको आर्थिक विकासले समाजको विकासमा ठुलो योगदान दिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.