शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
बैशाख ११, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी ,११ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गरेको थियो । हात्तीले यादवको घरसमेत भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।केही दिनयता जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी र कञ्चनरुप नगरपालिका क्षेत्रमा दिनहँु हात्ती आतंक बढेको भए पनि स्थानीय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.