शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलोमतोमा तस्करी मौलाउँदै
बैशाख १३, २०७५ | सरगम खबर समाचारदाता

शुभ नारायण कामती - 
सिरहा, १३ वैशाख । सिरहा नगरपालिकामा पर्ने सिरहा भन्सार कार्यालय माडर, खैरटोकाका कर्मचारी, सुरक्षाकर्मीको मेलोमतोमा तस्करी फस्टाउदै गएको छ भने राजश्वमा कमिहुदै गएको भन्सार तथ्यांकले देखाएको छ ।माडर, खैरटोका भन्सार कार्यालयको तथ्यांक अनुसार आ.व. २०७३÷०७४ को पहिलो चौमासिक श्रावणमा एक करोड ७ लाख १८ हजार, भाद्रमा एक करोड १५ लाख ८३ हजार, आश्विनमा ७४ लाख ५१ हजार, कात्तिकमा ८२ लाख ६० हजार गरी जम्मा ३ करोड ८० लाख १२ हजार राजश्व असुलि भएको थियो । हाल चालु आ.व. २०७४÷०७५ को पहिलो चौमासिक श्रावणमा ६१ लाख ५९ हजार, भाद्रमा ७८ लाख ७४ हजार, आश्विनमा ४० लाख ४१ हजार, कात्तिकमा ७६ लाख २५ हजार गरी जम्मा २ करोड ५६ लाख ९९ हजार राजश्व असुल भएको छ । 

त्यस्तै आ.व. २०७३÷०७४ को दोश्रो चौमासिकको मंसिरमा एक करोड १० लाख ६१ हजार, पौषमा एक करोड २ लाख ४८ हजार, माघमा ९१ लख ८७ हजार, फाल्गुनमा एक करोड ३८ लाख ८९ हजार गरी ४ करोड ४३ लाख ८५ हजार असुल भएको छ । र, आ.व. २०७४÷०७५ को दोश्रो चौमासिकको मंसिरमा ७३ लाख ६९ हजार, पौषमा ४७ लाख २२ हजार, माघमा ५७ लाख २९ हजार र फाल्गुनमा ८४ लाख ३७ हजार गरी जम्मा २ करोड ६२ लाख ५७ हजार असुल भएको छ ।यसरी आ.व. २०७३÷०७४ को पहिलो र दोश्रो दुई चौमासिकमा ८ करोड २३ लाख ९७ हजार राजश्व असुली भएको थियो भने चालु आ.व. २०७४÷०७५ को पहिलो र दोश्रो दुई चौमासिक गरी ५ करोड १९ लाख ५६ हजार मात्र असुली हुन सकेको छ । यसरी राजश्व असुलीमा कमि हुनुको कारण भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङ्गमा हुने गरेको तस्किरीले राजश्वमा कमि हुदै गएको नेकपा माओवादी (केन्द्रका) महेश गोपले बताएकाछन् ।

जिल्ला भन्सार कार्यालय अन्तर्गतको तीनवटा भन्सार कार्यालय संचालनमा छन् । ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर । यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ । सँगै जनपद प्रहरी पनि । सिरहाको तीनवटा नाकामा भन्सार कर्मचारी भएको कार्यालय संचालनमा भएपनि अरु नाकामा सशस्त्र र जनपद प्रहरीको उपस्थित छ । तर, भन्सार कर्मचारी र सुरक्षाकर्मीसँगको सेटिङमा तस्करहरु कपडा, मोटरपार्टस्, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा र कस्मेटिक्स समान तस्करीलाई फैलाउँदै छन् । भने नेपालबाट रक्सी, स्याउ, मरिच, सुपारी जस्ता सामानहरु भारत पठाइरहेको छ । यसमा तस्करी गर्नेहरुले पिकअप, टेम्पु, ट्रयाक्टरहरुमा छुट्टा छुट्टै दररेटमा भन्सारका कर्मचारी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी समेतको संलग्नतामा भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय माडर, वडा प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय बिष्णुपुर, इलाका प्रहरी कार्यालय बेल्हा, इलाका प्रहरी कार्यालय कल्याणपुर तथा जिल्ला जिल्ला प्रहरी कार्यालय सिरहा समेतलाई मासिक रुपमा निर्धारित रकम बुझाईरहेको नाम उल्लेख नगर्ने शर्तमा एउटा तस्करले बताएकाछन् । 
त्यस्तै सिरहा नगरपालिकाको बुधौरा, पटहेर्वा लगायतका स्थानबाटबाट सादापोशाकका प्रहरीको सहयोगमा नेपालबाट सुपारी, स्याउ, रक्सी लगातको सामान भारत पठाईन्छ भने भारतबाट कपडा, मोटरपार्टस्, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा र कस्मेटिक्स समान बिनारोकटोक नेपाल भित्री रहेको स्थानीयहरु बताउछन् ।

पछिल्लो समय सिरहाको विभिन्न नाकाबाट तस्करले नेपालमा प्रतिबन्धित भारतीय कुखुरा भारी मात्रामा भित्रायाइरहेका छन् । तस्करको यो कार्यलाई सघाउँदै छन् चोरीपैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले । यहाँसम्म की सशस्त्र प्रहरीको सादा पोशाककर्मीले तस्करका सामानलाई सुरक्षित स्थान (व्यपारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गरिदिन्छन्, भनी स्थानीयले बताउँछन् ।केही वर्षयता नेपाल तथा भारतका तस्करहरू सिरहामा मौलाउँदै गएका सूचना बाहिर आए पनि प्रहरी प्रशासनले कानमा तेल हालेर बसेको नेकपा एमालेका जिल्ला सदस्य डा. नविन कुमार यादवले आरोप लगाएका छन् । सहायक बाटो प्रयोग गरी तस्करहरूले नेपालमा प्रतिवन्धित भारतीय कुखुरा तथा मालसामान खुलेआम भित्रयाउने गरेका छन् ।

तस्करहरूले दैनिक लाखौंका सामान नेपाल प्रवेश गराउँदा समेत सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ । बेलाबेला तस्करहरूले सुरक्षाकर्मीलाई सेटिङ मिलाएर अवैध मालसामाग्री सिरहा जिल्लाको विभिन्न भाग सम्म भित्राउने गरेका समाचार बाहिर आएपनि सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ ।
सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीको पोष्ट छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको समान वारि छिराउन बिना सेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन् ।उनीहरूले सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी फस्टाएको छ । सुरक्षाकर्मीको मिलेमतोमा नेपालमा प्रतिवन्धित कुखुरा, माछा, हरियो तरकारी दैनिक ल्याइने गरिएको जिल्लाका हरेक हाटबजारमा यि हरियो तरकारी तथा माछा खुलेयाम बेचबिखन गरेको देख्न पाइन्छ । 

यसरी भारतीय मालसामान भित्रयाउने गरेका भारतीय कुखुरा, माछा नेपाल भित्राउँदा पशु क्वारेन्टाइनमा चेकचाज नगरी यहाँ भित्रयाइने गरिएको छ । यसरी कहिलेकाही भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरु बिच सेटिङ्ग नमिल्दा सिकाज्योती नाकाक्षेत्रबाट ईलाका प्रहरी कार्यालय लगडीगोठको छेवैमा र बोर्डर आउटपोष्ट सिकाज्योतीबाट एक किलोमिटर भन्दा पनि कम दूरीमा माघ १९ गते भारतीय कुखुरा अनलोड गरी राखेको अवस्थामा को २ च ७८५, ना ३ च ९९७९, ना ३ च १२७९, को २ च ७३४, लु २ च १८४५, बिआर ३१ जीए ७२६९, बिआर ११ जीवी २२७४, बिआर ०६ बी १२६१, बिआर ०६ जीबी ५३९८, बिआर ११ एस ६१४६ नम्बरगरी पाँच नेपाली र पाँच भारतीय नम्बरको कुखुरा बोकेको गाडी पक्राउ गरेको थियो । भने फाल्गुनमा होली पर्वका दिन सदरमुकाम सिरहामा बा १७ च १२४ नम्बरको गाडी सहित कुखुरा पक्राउगरी जिल्ला प्रहरीले भन्सारमा बुझाएको छ, भने फाल्गुन १९ गते धनगढीमाई नगरपालिकाबाट करिब १२ लाखको १८ कपडा, ना ४ ख ४४४३ को मिनी ट्रक पनि भन्सारमा बुझाएको घटनाले तस्करीमा सेटिङ्गरहेको प्रष्ट देखिन्छ ।भन्सार कार्यालयका प्रमुख राजेन्द्र कुमार हमालयस सम्बन्धमा मुख्य भन्सार कार्यालय माडर खैरटोका कार्यालयका प्रमुख राजेन्द्र कुमार हमालका अनुसार तस्करीलाई नियन्त्रण गर्न नसकिएको स्वीकार्दै आफू सँग जनशक्तिको अभाव रहेको ३२ जना दरबन्दीमा ११ जना मात्र रहेकोले र गत वर्ष भन्दा यस वर्ष समातिएको सामानमा बृद्धि भएकोले राजश्व घटन गएको हो भनी स्वीकार्दछ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.