शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध लागु औषध सहित तीन जना पक्राउ
बैशाख १४, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी , १४ बैशाख । सप्तरीमा पछिल्लो पटक अवैध लागुऔषध प्रयोगकर्ताहरुको संख्यामा निकै बृद्धि भएको छ । यसैक्रममा सप्तरी प्रहरीले अवैध लागुऔषध सहित उदयपुरका तिन जना युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ ।प्रहरीको टोलीले उदयपुर त्रियुगा नगरपालिका ५ का धिरज राई ,अजय मिश्र र उत्कृष्ट राईलाई प्रहरीले पक्राउ गरेको हो ।भारतको लौकहाबाट सप्तरीको बेल्ही नाँका हुँदै नेपाल भित्राईरहेको अवस्थामा चेकजाँचको क्रममा प्रहरी चौकी बेल्हीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको छ ।उनीहरुको साथबाट लागुऔषध सेवन समेत गरेको अवस्थामा लुपिक जेसी ६ थान बरामद भएको प्रहरीले जनाएको छ । यता पक्राउ गरेका तीनै जनालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको प्रहरीले जनाएको छ । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.