शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरसफाई सम्बन्धि जनचेतना मुलक र्याली
बैशाख २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २२ - 
सिरहाको लहानमा ग्लोबल फ्रेन्डस एशोसिएसन लहान र बज्र शक्ति युवा क्लबले लहाननगरपालिकाको समन्वयमा सनिबार सरसफाई सम्बन्धि जानचेतना मुलक र्याली निकालेका छन् । लहान नगरपालिका नगर प्रमुख मुनि साह , वडा नम्बर ६ का वडा अध्यक्ष अरुण केसी , नगरपालिका प्रवक्ता राजकुमार साह लगायत ग्लोबल फ्रेन्डस एशोसिएसन र बज्र शक्ति युवा क्लबका युवाहरु , सर्वसाधारण , जनप्रतिनिधि , संचारकर्मी सहभागी सहितको र्यालीमा आफ्नो घर आँगन तथा वरिपरि बाट निस्किने फोहरमैला व्यवस्थापन गरौ , फोहर लाई कुहिने र नकुहिने दुई भागमा विभाजन गरि व्यवस्थापन गरौ , घर आँगन बाट निस्कने फोहरमैलालाई नगरपालिकाको फोहर संकलन गर्ने गाडीमा फालौ , जथाभावी दिशा पिसाव नगरौ , कुनै पनि प्रकारको फोहरमैला लाई नालामा नफालौ , आफ्नो अगाडिको नाला, ढल , सडक सफा राखौ , आफ्नो घर अगाडी कसैलाई फोहर फाल्न नदिऊ र आफु पनि नफालौ ,  शौचालय बाट निस्कने फोहरलाई नालामा निकास नगरौ , झिंगा भन्केको बासि खाना र जथाभावी खुल्ला ठाउमा राखेका खाने कुरा नखाऊ , होटल तथा मदिरा पसलबाट निस्कने फोहरलाई किटनाशक औषधि प्रयोगगरी मात्र व्यवस्थापन गरौ , नगर सफा राखी असल नागरिकको परिचय दिउँ , घर पालुवा जनावरहरु जथाभावी सडकमा नछाडौ , घर निर्माण सामग्री जथाभावी सडक अतिक्रमण गरि नराखौ , स्वच्छ लहान स्वस्थ लहान , सब रोगके एक दबाइ घरमे राखु सरसफाई , सफा रहौ स्वस्थ बनौ लेखिएका विभिन्न चेतना मुलक प्लेकार्ड र रेडियो जिङ्गल सहित लहानको राधा कृष्ण चौकबाट निस्केको उक्त र्याली लहानको बिभिन्न भागको परिक्रमा गरि पुनः राधा कृष्ण चौकमा पुगी कोण सभामा परिणत भएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.