शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रदेश २ को : पत्रकार महासंघमा संयुक्त गठबन्धनको प्यानल विजयी
बैशाख २३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २३ - 
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ मा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ । शनिबार भएको निर्वाचनमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको  संयुक्त लोकतान्त्रिक प्रगतिशील मोर्चा गठबन्धनको प्यानल विजयी भएको छ। निर्वाचनको मतपरिणाम अनुसार बरिष्ठ पत्रकार दिपेन्द्र चौहानले ३४२ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्ष(खुल्ला) तर्फ के.सी. लामिछाने ४६४  , उपाध्यक्ष(महिला) तर्फ रिंकुकुमारी मिश्र ४११  , महासचिवतर्फ किरणकुमार कर्ण ४१९ , सचिव(खुल्ला) तर्फ गुरुप्रसाद गौतम ४२९ , सचिव(समाबेशी) तर्फ राम नारायण विश्वास ४३० र कोषाध्यक्ष तर्फ प्रवीण साह ४०१ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ।

यस्तै खुल्ला सदस्यहरुमा संयुक्त गठबन्धनका भोजराज भट्टराई ४०४ , धिरेन्द्र राय ३०५ , अजितकुमार सिंह ४२९ , शैलेन्द्र झा ४४१ , राजनकुमार सिंह ३५७ , सदस्य (आदिवासी जनजाति) तर्फ जितलाल श्रेष्ठ ४४७ , जगत राई ४७४ , सदस्य(मधेसी) तर्फ बैधनाथ चौधरी ४३० र अजय कुमार साहले ४६७ मत प्राप्त गरि  निर्वाचित हुनुभएको छ । पत्रकार महासंघ प्रदेश नम्बर २ मा पाच जना यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन । यसअघि निर्विरोध निर्वाचित हुनेहरुमा महिला सदस्य तर्फ विम्मी शर्मा, चन्दा कुमारी साह, ललिता साह, दलित सदस्य तर्फ सिकेन्द्र पासवान र अल्पसंख्यक सदस्य तर्फ हदिश खुददार रहेका छन्।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.