शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा नविल बैंक लिमिटेडको उद्घाटन
बैशाख २६, २०७५ | फिरोज शेख

फिरोज शेख लाहान २०७५ बैशाख २६ - 
नविल बैंक लिमिटेडले २०७४ मंसिर १८ गते सिरहाको लहानमा विस्तार गरेको आफ्नो नयाँ शाखाको मंगलबार उद्घाटन गरेको छ । लहान शाखा अधिकृत रेणु प्रधानको अध्यक्षता तथा नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालको प्रमुख आतिथ्यमा भएको उक्त उद्घाटन समारोहमा बैंकका डाइरेक्टर दयाराम अग्रवाल , उपेन्द्र पौडेल , बैंकका कावा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह त्यस्तै बैंकका अन्य सदस्यहरु अनिल खनाल , रमेश लोहनी , कृष्ण दत्त भटराई लगायत ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्द , उधोग वाणिज्य संघका केन्द्रिय सदस्य अशोक अग्रवाल , उधोगी अशोक आमात्य , लिट्टिल स्टार उच्च माविका संस्थापक जय प्रकाश चौधरी , एभरेष्ट कलेजका प्रिसिपल चक्रपानि दाहाल लगायत लहानका उधोगी , व्यपारी , संचारकर्मीहरुको उपस्थितिमा नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले रिवन काटेर नयाँ शाखाको उद्घाटन गर्नु भएको छ।

नबिलका कावा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिने र आगामी दिनमा देशभर नै शाखाको सञ्जाल बढाउँदै लगिने बताए ।अधिकृत अनिलकेशरी शाहका अनुसार बैंक ६२ शाखाको बृहत् सञ्जाल, १०५ एटिएमका साथै एक हजार ५०० भन्दा बढी नविल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रवाह गर्दै अघि बढिरहेको बताए। चुक्ता पुंजी ८ अरब ४ करोड रहेको यस बैंकले निक्षेप ३% देखि ११% सम्म दिइरहेको छ। भने ग्राहक वर्गलाई १०.९९ % मा ऋण उपलव्ध गराउने शाखा अधिकृत रेणु प्रधानले बताउनु भयो।

नविल बैंक लिमिटेडले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको थियो। जसमा लाहान शाखा सहित बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, कास्की, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, तथा हरिवन-सर्लाही रहेका छन्। अहिले लाहान शाखा अन्तर्गत ६०० भन्दा बढी ग्राहक रहेका बैंकले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.