शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रतिबन्धित लागुऔषधसहित कारोबारी पक्राउ
जेठ २, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २ - 
प्रतिबन्धित लागुऔषध सहित सिरहाको लहान बाट बुधबार एक जना कारोबारी पक्राउ परेका छन। लहानको पुर्व -पश्चिम राजमार्ग अन्तर्गत बिराटनगर बस स्टेन्ड नजिक होटल संचालन गर्दै आएका लहान ३ बस्ने ३५ वर्षीय ज्ञान कुमार कामैत आफ्नै पसल बाट लागु औषध सहित पक्राउ परेका छन्।ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले पाएको विशेष सुचनाको आधारमा सादा पौसाकको प्रहरी लाई लागुऔषध प्रयोगकर्ता बनाई पक्राउ परेका कामैतको पसलमा लागु औषध खरिद गर्न पठाएको र सोहि क्रममा प्रहरीले कमैतलाई २ सय ९२ थान लागु औषध सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको।

प्रहरीले कामैतको पसल खानतलासी गर्दा ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब , नरफिन १९ थान , लुपिजेसिन ८६ थान , नाइट्रोजेपाम ट्याब्लेट ५८ थान , विभिन्न कम्पनीको मोबाइल ९ थान , नकली पेस्तोल एक थान , तरबार एक थान र ४ हजार ९ सय भारु रुपैया बरामद गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका कामैत माथि थप अनुशन्धान भइरहेको र लागु औषध ओसार-पोसार तथा बेचबिखन अन्तर्गत मुद्दा चलाइने डिएसपी गणेश चन्दले बताएका छन्।पक्राउ परेका कामैत यस अघि पहिला पनि लागु औषध मुद्दामा पक्राउ परिसकेका छन्।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.