शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एकताको खुशियालीमा दीप प्रज्वलन
जेठ ४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ ४ - 
विभिन्न आशंकाका वीच नेकपा एमाले र माओवादी केन्द्र विच  ऐतिहासिक पार्टी एकताको घोषणा भएको भन्दै सिरहाका एमाले तथा माओवादी कार्यकर्ताहरुले जिल्लाको विभिन्न स्थानमा  दिप प्रज्वलन गरी खुशियाली प्रकट गरेका छन् । सिरहाको सदरमुकाम सिरहा , लहान , गोलबजार ,धनगडी ,मिर्चैया  लगायतका स्थानमा नेकपा एमाले र माओवादीका विभिन्न भातृसंगठन र तिनका कार्यकर्ताहरुले दीप प्रज्वलन गरी खुशियाली मनाएका हुन । सिरहाको लहानमा भएको दिप प्रज्वलन पछि बोल्दै लहान नगरपालिकाका नगर प्रमुख मुन्नी साहले पार्टी एकताको घोषणा सँगै जनतामा उत्साह छाएको बताउनु भयो ।


त्यस्तै प्रदेश साँसद अशोक कुमार यादव  पार्टी एकता नेपाल र नेपाली जनताको चाहाना र आवश्यकता अनुसार भएकोले देशमा समृद्धि ल्याउन नव घोषित नेपाल कम्यूनिष्ट पार्टी सक्षम हुने बताउनु भयो । दीप प्रज्वलन कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले मदन आश्रित स्मृति दिवसकै दिन पार्टी एकताको घोषणा हुने अझ ऐतिहासिक भएको बताएका छन् । यसले दिवंगत नेताद्वय मदन भण्डारी र जिवराज आश्रित प्रति सम्मान प्रकट भएको समेत बताएका छन् । कार्यक्रममा नेताहरु गंगा यादव , सत्यनारायण यादव , खडग नारायण चौधरी , सुलेमान अन्सारी , रामरति राम , गणेश चौधरी, हेमन्त यादव लगायत  सर्वसाधारणको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.