शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुख्मन्त्री राउतको हाथबाट हेल्प मधेशीको १० लाख उमेश यादव बचाउ
जेठ १०, २०७५ | सरगम खबर समाचारदाता

जनकपुरधाम, जेठ ९ आतिश मिश्रा - 
साउदीमा मुत्युदण्डको सजाय भोगी रहेका उमेश यादवको जिवन रक्षाको लागि हेल्प मधेशीले संकलन गरेको रु दश लाख मुख्यमन्त्री लालबाबु राउतको हाथ बाट आज ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायलाई हस्तान्तरण गरिएको छ । हेल्प मधेशी जनकपुर च्याप्टरले मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले उमेश यादवका पारिवारिक सदस्यहरुको उपस्थितिमा सो रकम अध्यक्ष रायलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुख्यमन्त्री राउतले उमेश यादवको जिवन रक्षाका लागि हेल्प मधेशीले गरेको सहयोगको प्रशंसा गर्दै अगामी दिनमा समेत समस्यामा परेका मधेशीहरुको रक्षाका लागि यस्तै सहयोगको अपेक्षा समेत व्यक्त गर्नु भयो । 

उहाँले उमेश यादवको जीवन रक्षाको लागि प्रदेश सरकारबाट हुने हरेक सहयोग गर्न आफुहरु तैयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय भोगी रहेका धनुषाको उमेश यादवको जिवन रक्षाको लागि ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायको प्रयास पछि मृतका परिवारले आम माफी दिने सहमति जनाएपछि उमेशको जिवन रक्षाको लागि ब्लडमनी संकलन शुरु भएको थियो । ३० लाख पाकिस्तानी रकम ब्लडमनी पीडित परिवारलाई दिनु पर्ने छ । सो अभियान अन्तर्गत हाल सम्म ३७ लाख ५० हजार नेपाली रुपैया संकलन भै सकेको उमेश यादव बचाउ अभियानका संयोजक समेत रहेका रायले जनाएका छन । अब उक्त खातामा कुनै रकम जम्मा नगर्न समेत रायले सबैमा आग्रह गरेका छन । कार्यक्रममा हेल्प मधेशी साउदी चेप्टरका अध्यक्ष शिव यादव, जनकपुर चेप्टरका अध्यक्ष विनोद दास सहितको उपस्थिति रहेको थियो ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.