शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
जेठ १२, २०७५ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १२ जेठ ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ भारदहमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय संजय लौगीको २७ वर्षिया श्रीमति जया देवी लौगीको घर नजिकै रहेको माटो खन्न गएको बेला अचानक माटोको ढिस्को खस्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । माटो खस्दा च्यापिएर गम्भिर घाईते भएकी लौगीको तत्काल भारदह स्थित अस्पतालमा उपचारको लागि लगिदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लौगीका श्रीमान बैदेशिक रोजगारीमा रहेको तथा उनको दुई वटा छोरा रहेको स्थानीय धर्मेन्द्र खडगाले जानकारी दिनुभयो ।यसैबिच मृतकको शव पोष्टमार्टमसका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.