शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ५ को वडा कार्यालय उद्घाटन
जेठ १४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ १४ - 
लहान नगरपालिका ५ को वडा कार्यलय सोमबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । लहान ५ मा अवस्थित जामा मस्जिदको सामुने रहेको घर भाडामा लिएर वडा कार्यालय स्थापना गरिएको वडाध्यक्ष सुलेमान अन्सारीले जानकारी दिनुभयो । कार्यालयको उद्घाटन लहान नगरपालिकाका मेयर मुनि साहले रिवन काटेर गर्नुभएको थियो । पार्किंग शुविधा सहितको दुई कोठे भवन मासिक दस हजार रुपैया तिर्ने गरि भाडामा लिएर वडाको दै निक प्रशासनिक कामको तयारी गरिएको छ । वडा अध्यक्ष सुलेमान अन्सारीको अध्यक्षता तथा नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा प्रल्हाद प्रसाद साहले स्वागत मन्तव्य राख्नु भएको थियो।भने कार्यक्रमको संचालन वडा सचिव लखन लाल साहले गर्नु भएको थियो । सो वडा कार्यालय उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि साहले भन्नु भयो यस वडा वासीको सेवा सुविधालाई मध्ये नजर गर्दै यस वडामा कार्यलयको स्थापना गरिएको हो। 

 म पूर्ण विश्वस्त छु कि यस वडाका अध्यक्ष संगै सदस्यहरुले यस वडावासीलाई सहज तथा प्रभावकारी तवरले सेवा सुविधा प्रवाह गर्ने छन्। सम्पूर्ण वडावासी लगायत अध्यक्ष तथा सदस्यहरुमा बधाई तथा शुभकामना वयक्त गर्दछौ।उद्घाटन समारोहमा लहान ८ का वडा अध्यक्ष विजय महतो , लहान ९ का वडा अध्यक्ष प्रदिप चौधरी , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,वडावासीहरु रामपरि पासमान , ओम प्रकाश साह , साह्न्वाज आलम , फैज आलम , लक्ष्मी साह , मो .फारुक, राम मणि साह , मोहमद इस्लाम , अब्दुल आविद , महिन्द्र पुर्वे , कालिका प्रसाद बराल , मोहमद मुस्तफा , जोगिन्द्र प्रसाद चौधरी , सन्तोष पण्डित , मोहमद सरफराज अन्सारी  , शुसिल पासमान लगायतको उपस्तिथी रहेको थियो । 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.