शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भारतिय प्रहरी द्वारा ६ जना महिला नियन्त्रणमा ,अलपत्र वालिकाको प्रहरी
जेठ १५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ १५ - 
नेपालवाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा भारतिय प्रहरीले भारतको लौकाहा भन्ने स्थान बाट ६ जना महिलाहरुलाई नियन्त्रणमा लिई नेपाल प्रहरी लाई जिम्मा लगाएको छ। जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउपलिका ५ बस्ने तासि तामाङको छोरी २२ वर्षीय लमु तामाङ , सोहि ठाउँ बस्ने ग्यालिस तामाङको छोरी ३२ वर्षीय पेम्बा तामाङ, कृष्ण तामाङको छोरी १९ वर्षीय मिलि तामाङ , गोपिलाल तामाङको छोरी बर्ष ३२ कि कबिता तामाङ , होमे तामाङको छोरी बर्ष ५० कि डोमा तामाङ, कुल बहादुर राउतको छोरी बर्ष ३० कि मुना राउत लाई नियन्त्रणमा लिई प्रहरी चौकी ठाडीमा बुझाएकोमा प्रहरी चौकी ठाडीले आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यलय लहानमा बुझाएको छ। यता ईलाका प्रहरी कार्यलय लहानले प्रारम्भिक अनुसन्धान गरी उक्त महिलाहरुलाई  थप अनुसन्धानको लागी मंगलबार केन्द्रीय अनुसन्धान व्यूरो काठमाडौं पठाईएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले बताएका छन्।

यसै बीच उक्त महिलाहरुलाई भारत तर्फ लैजाने  जिल्ला सप्तरी सुरुङगा नगरपालिका वार्ड न . १ कनकपुर बस्ने भिसन रामको छोरा ३२ वर्षीय दिनेश राम र सोहि ठाउँ बस्ने बद्रि चौधरीको छोरा २७ वर्षीय प्रभान्नद चौधरी लाई भारतीय प्रहरीले भारतमा पक्राउ गरि भारतको पुर्णिया जिल्लाको झन्जारपुर कारागारमा राखी थप अनुसन्धान गरिरहेको डिएसपी गणेश चन्दले बताएका छन् ।


अलपत्र वालिकाको नेपाल प्रहरी द्वारा  उद्धार

ईलाका प्रहरी कार्यलय लहान बाट खटिएको प्रहरी टोलीले अलपत्र एक वालिका लाई उद्धार गरेका छन्। मिति २०७५ साल १४ गते सोमबार राति ११ बजेको समयमा जिल्ला सिरहा लहान न.पा.वडा नं.१ स्थित लोकतान्त्रिक चौकमा जिल्ला उदयपुर त्रियुगा न.पा.वडा न..६ बस्ने विखन सदायको छोरी १६ वर्षीय अनिता सदायलाई बेवारीसे अवस्थामा फेला पारी सोधपुछ गर्दा विरगंज बस्ने रोहित नाम गरेको व्यक्ति सँग विगत ३ महिना देखी फोनमा कुराकानी हुने गरेको र रोहितले मलाई लहानको शहिद चौकमा आउ म लिन आउन्छु भनि बोलाएकोले म आउदाँ हाल सम्म रोहित नाम गरेको व्यक्ति मलाई लिन नआएको भनि बताएकोमा वालिकाको उद्धार गरी सुरक्षित आवसका लागी सानाहातहरु नेपाल लहानमा पठाईएको डिएसपी गणेश चन्दले जानकारी दिनु भएको छ।                             

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.