शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
जेठ १६, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ १६ - 
सिरहाको लहानमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ। लहान वडा न. ६ को कार्यलय द्वारा आयोजित तथा अल्फ्रेड हेल्थ केयर एण्ड डाइगनोस्टिक सेन्टर लहान ३ को सहयोगमा आयोजित उक्त शिविरमा लहानका २ सय ४८ जना सर्वसाधारण आफ्नो स्वास्थ्य चेकजाँच गराई लाभान्वित भएका छन्। शिविरमा डाक्टर विवेक प्रभात साह इन्टरनल मेडिसिन द्वारा मधुमेह , प्रेसर , बाथ , थाईराइड , मुटु तथा दम्माका रोगीहरु लाई नि :शुल्क चेक जाँच गरिनुका साथै इसिजी सेवा र औषधि पनि नि:शुल्क वितरण गरिएको लहान ६ का वडा अध्यक्ष अरुण केसीले जानकारी दिए। शिविरमा १ सय ४८ जना पुरुष र १ सय जना महिलाले आफ्नो चेकजाँच गराई स्वास्थ्य लाभ उठाएको डाक्टर विवेक प्रभात साहले बताए। 
   

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.