शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्वास्थ्य सेवा बारे समाजमा सचेतना आवश्यक ः संयोजक साह
जेठ १७, २०७५ | सरगम खबर समाचारदाता

जागेश्वर यादव - 
लहान,१७ जेष्ठ । स्वास्थ्य सेवाबारे समुदायहरु ऋझ अनभिज्ञ रहेको भन्दै समाजमा सचेतना फैलाउन आवश्यक रहेको लक्ष्मीपुर पतारी गाउपालिकाका स्वास्थ्य संयोजक दिप शरण साहले वताउनुभयो । साहले भने  अहिले पनि ग्रामिण भेगमा स्वास्थ्य सुविधाको वारेमा जानकार नरहेको वताए । सचेतनाको अभावमा सरकारले स्वास्थ्य क्षेत्रमा दिदै आएको सुविधाबाट बञ्चित हुनुपरेको वताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तर्ग लक्ष्मीपुर पतारी गाउपालिका वडा न.३ महेशपुर पतारीले आयोजना गरेको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी वनाउका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा संयोजक साहले भने स्वास्थ्य क्षेत्र अति संवेदनशील क्षेत्र हो त्यसैले यसलाई सबैले आ आफनो तबरवाट प्रभावकारी वनाउनका लागि भुमिका खेल्नुपर्ने आवश्यकता रहेकोे वताए । 

संयोजक साहले भने सरकारी अस्पतालमा नगएर निजि क्लिनिकमा लैजान्छ र आर्थिक भार खेप्नुपर्ने हुन्छ । सरकारी अस्पतालमा दक्ष जनशतिm हुदा हुदै पनि निजिमा लानु कति सम्मको जायज हो यसलाई पुष्टि हुन्ट कि सरकारी डाक्टरले निसज क्लििनिक संचालन गर्दा काम सरकारीमा नाम निजिमा भएको हुदा सरकारी भन्दा निजि अस्पतालप्रति आकर्षण बढेको वताए । सरकारले स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको कारण यस वर्ष व्यवस्थापनमा केही समय समस्या भएको वताए । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको वजेटलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सेवाग्राहीलाई सेवावारे सुसुचित गर्नका लागि गैरसरकारी संस्थाहरुको महत्वपुर्ण सहयोगको आवश्यकता रहेको वताए । इन्सेकले गाउपालिकामा कार्यक्षेत्र विस्तार गरि पालिकाको सबै वडामा सचेतना मुलक क्रियाकलाप संचालन गरिदिनका लागि आग्रह गरेका थिए । इन्सेकले संचालन गरेको क्रियाकलपा सराहनिय रहेको भन्दै पालिकाबाट सहयोग र साथ रहने संयोजक साहले वताए । 

कार्यक्रममा लक्ष्मीपुर पतारी वडा नं ४ का वडा अध्यक्ष विद्यानन्द साहले भने कमिशनका कारण सरकारी अस्पतालहरु आफै विरामी परेको वतानुभयो । सरकारी अस्पतालका डाक्टर मोटाउने र अस्पताल दुब्लाउने समस्या रहुन्जेल स्वास्थ्य क्षेत्रमा  समस्या कायमै रहने वताए । तलदेखि माथि सम्म कमिशनका कारणले समयमा औषधि खरिद र अन्य स्वास्थ्यका क्रियाकलपा संचालन हुन नसकेको वताए । स्वास्थ्यलाई अस्वस्थ बनाउन केही तत्वहरु सक्रिय रहेको वताए । सरकारले हालै खारेज गरेको यातायात सिन्डिकेट जस्तै स्वास्थ्य क्षेत्रमा माफियाहरुलाई अन्तय गर्न सिण्डिकेट तोडनुपर्ने आवश्यकता रहेको वताए । समयमा सेवाग्राहीले सेवा नपाए स्थानीय सरकारको अनुभुति गर्न नपाए सरकारको काम के छ भनेर प्रश्न गरेका थिए । अति संवेदनशिल स्वास्थ्य क्षेत्र रहेको प्रति सबैलाई गम्भिर भई स्वाथ्यलाई प्रभावकारी र भरपर्दो सेवा प्रदान गर्नका सहयोग गर्न समुदाय र कार्यपालिकालाई आग्रह गर्नुभयो । 

स्वास्थ्य चौकी महेशपुर पतारीका निमित प्रमुख कमल भटालाका अनुसार गाउपालिका बर्थिङ्ग सेन्टर नहुदा समस्या भइरहेको वताए । स्वास्थ्य चौकीको पुरानो भवन जिर्ण भएको छ वर्षातको समयमा पानी चुहिएर औषधी नै नाश हुने गरेको छ भने महिलाहरुलाई चेक जाच गर्ने कोठाको अभावमा स्वास्थ्य चौकीमा गर्भवती जाच गराउन आउनेको संख्या न्युन देखिन्छ । स्वास्थ्य चौकीमा शौचालन नहुदा सेवाग्राहीलाई समस्या भइरहेको वताए । जिल्ला नै खुला दिशा मुतm क्षेत्र घोषणा कागजमै सिमित रहेको वताए । खुला दिशामुतm गाउपालिकाको स्वास्थ्य चौकीमै शौचालय नहुनु लाजमर्दो विषय रहेको टिप्पणी गरे ।मानवअधिकार निगरानी समुह महेशपुर पतारीका संयोजक रामप्रकाश यादवका अनुसार स्वास्थ्य प्रति गाउपालिका गम्भिर नभएको वताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हेलचक्राई नगर्न सुझाएका थिए । नागरिकको नैसर्गिक अधिकार हनन हुन नदिनका लागि गापालाई सुझाव दिएका थिए । उनले भने स्वास्थ्य क्षेत्रमा अन्य क्षेत्रभन्दा अधिक लगानी गरि आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सुझाव दिएका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.