शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिराहमा भेटेनरी विद्यार्थी द्वारा प्रधान अध्यापक र लेखापाललाई कार्यालयमै थुने
जेठ १७, २०७५ | सरगम खबर समाचारदाता

गणेश कुमार ठाकुर - 
सिरहा, १७ जेठ । जिल्ला सिरहाको मिर्चैया नगरपालिका ५ मा रहेको श्री मोहन मावि आबासीय प्राविधिक बिद्यालयका प्रधान अध्यापक अशोक यादब र लेखापाल बिद्यासागर साहलाई विद्यार्थीहरुले आज कार्यकक्षमै थुनिए । विद्यालयमा प्राबिधिक तर्फ (भेटेनरी) अध्यनरत विद्यार्थीहरु लाई जिल्ला शिक्षा कार्यालयबाट  ओजेटिको लागि आएको रकम पटकपटक माँग्दा पनि प्रधान अध्यापक यादब र लेखापाल साहले वास्ता नगरेको र आज माँग्दा गालीगलौज गरेकोले भेटनरीमा अध्यनरत बिद्यार्थीहरुले कार्यकक्षै भित्र थुनेका हुन् । प्रधान अध्यापक यादवलाई पटकपटक सो रकम उपलब्ध गराउन आग्रह गरेपनि झुठो आश्वासन दिदै आएको र वास्ता नगरेको विद्यार्थीहरुको आरोप छ ।आज पुनः आग्रह गर्दा प्रअ र लेखापालले गाली गरेपछि बाध्य भएर कार्यालयमा थुनेको अगुवा विद्यार्थी जगदिश साहले जानकारी दिए ।यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख श्रवण कुमार यादवको उपस्थितिमा विद्यार्थीहरुलाई वार्ताको लागि आग्रह गरेपछि लगाइएको ताला खोलेर प्रअ, लेखापाल, विद्यार्थी र मेयर यादवलाई बार्ताको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा लगिएको ईप्रका मिर्चैयाका डिएसपी दिपक कुमार खड्काले बताउनुभयो ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.