शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेयर गोल्ड कपमा बारा ११ को विजय शुरुवात
जेठ २१, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २१ - 
मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत सोमबार भएको खेलमा बारा ११ विजय भएको छ। सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बारा ११ ले सुनसरी ११ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै विजय शुरुवात गरेका छन्। बाराका लागि म्यान अफ द म्याच भएका जर्सी नम्बर १२ का चतुर चौधरीले २ गोल गर्दै आफ्नो टिम लाई विजय शुरुवात दिलाएका छन्। २०७५ साल जेष्ठ १९ गते पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका अध्यक्ष गङ्गा राम चौधरीको अध्यक्षता तथा सप्तरी क्षेत्र न.४ को ( क ) नेकपा एमाले बाट निर्वाचित प्रदेश सभा सदस्य गोविन्द न्यौपानेको प्रमुख आतिथ्य र  सप्तरी खडक नगरपालिकाका नगर प्रमुख हेमायु हकको विशिष्ट आतिथ्यमा उद्घाटन भएको उद्घाटन खेलमा गाईघाटले धनुषा ११ लाई १ का विरुद्ध २ गोलले हराएको थियो। भने मिति २०७५ जेष्ठ २० गते भएको दोस्रो खेलमा फत्तेपुरले आयोजक खडक नपा लाई १ का विरुद्ध ५ गोलले हराउदै विजय भएका छन्।प्रतियोगिता अन्तर्गत मंगलबारको खेल डायनामाइट काठमाडौं र गोलबजार सिरहा बीच हुने पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.