शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गोलबजार लाई हराउदै डायनामाइट सेमीफाइनलमा
जेठ २२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २२ - 
 मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत मंगलबार भएको खेलमा डायनामाइट काठमाडौं विजय भएका छन्। सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको रोमान्चक खेल प्रदेश ३ डायनामाइट काठमाडौं र प्रदेश २ गोलबजार सिरहा बीच सम्पन्न भएको छ। खेलको निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न नसक्दा खेल प्लानटिमा परिणत भएको थियो । जसमा डायनामाइट काठमाडौंले १ का विरुद्ध ४ गोल गर्दै  गोलबजार लाई पराजित गर्दै विजय भएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलबजार जर्सी नम्बर १३ का खिलाडी अमन लामा म्यान अफ द म्याच भएका छन्।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल बारा ११ र डायनामाइट काठमाडौं बीच हुने पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.